3 years ago
May 19, 2023
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहलीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा अर्को कीर्तिमान बनाउने अवसर रहेको छ । बिहीबार राती सनराइजर्स हैदराबादविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरलाई जिताउन कोहलीले १ सय रनको शतकीय इनिङ खेलेका थिए ।

कोहलीको त्यो आइपिएल करिअरको छैटौं शतक थियो । आइपिएलमा सर्वाधिक धेरै शतकको कीर्तिमान बराबर गरेका छन् । कोहली र क्रिस गेलले ६-६ शतक प्रहार गरेका छन् । कोहलीले अव एक शतक हाने आइपिएलमा सर्वाधिक धेरै शतक हान्ने खेलाडी बन्नेछन् । अव कोहलीलाई उक्त कीर्तिमान बनाउने अवसर रहनेछ।
हालसम्म जस बटलरले पाँच, लोकेश राहुल, शेन वाटसन र डेविड वार्नरले समान चार पटक शतक प्रहार गरेका छन् । कोहली आइपिएलमा एकै सिजन र इतिहास दुबैमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । सन् २००८ देखि बेंगलोरबाट खेल्दै आएका कोहलीले ६ शतक र ५० अर्धशतकसहित ७ हजार १ सय ६२ रन बनाएका छन् ।
उनीपछि शिखर धवनले २ शतक र ५० अर्धशतकसहित कुल ६ हजार ६ सय रन बनाएका छन् । कोहली एकै सिजनमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । कोहलीले २०१६ को आइपिएलमा ४ शतक र ७ अर्धशतकसहित ९ सय ७३ रन बनाएका थिए ।
गतवर्ष राजस्थान रोयल्सका जस बटलरले ४ शतक र ४ अर्धशतकसहित ८ सय ६३ रन बनाएका थिए । २०१६ मा सनराइजर्स हैदराबादबाट डेविड वार्नरले ९ अर्धशतकसहित कुल ८ सय ४८ रन बनाएका थिए । अन्य कुनैपनि खेलाडीले एक सिजनमा ८ सय रनको आंकडा छुन सकेका छैनन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]