3 years ago
May 20, 2023
एजेन्सी – महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६७ औं खेलमा दिल्ली क्यापिटल्समाथि ७७ रनको सानदार जितका साथ प्लेअफमा स्थान पक्का गरेको छ । चार पटकको च्याम्पियन चेन्नईले १७ अंकका साथ प्लेअफमा स्थान पक्का गरेको हो ।

जितको लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।
दिल्लीका कप्तान डेविड वार्नरले ५८ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८६ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । दिल्लीका पृथ्वी शा ५, फिलिप साल्ट ३, राइली रोसोउ डक, यश धुल १३, अक्षर पटेल १५ र अमन खान हाकिमले ७ रन बनाए ।
चेन्नईका तीव्र गतिका बलर दीपक चाहरले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । महेश पाथिरानाले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । तुषारदेश पाण्डे र रविन्द्र जडेजाले समान एक विकेट लिए । स्पिनर महेश थिक्सेनाले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि दिल्लीमा टस जितेर पहिला ब्याटिङको रोजेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो । चेन्नईका ओपनर डेभन कन्वेले ५२ बलमा ११ चौका र ३ छक्कासहित ८७ रनमा आउट भए । अर्का ओपनर ऋतुराज गायकवाड ५० बलमा ३ चौका र ७ छक्कासहित ७९ रनमा आउट भए ।
चेन्नईलाई ओपनर कन्वे र गायकवाडले पहिलो विकेटका लागि १४.३ ओभरमा १ सय ४१ रनको सानदार शतकीय साझेदारीका साथ विशाल योगफलको आधार तय गरेका थिए । शिवम दुबे ९ बलमा ३ छक्कासहित २२ रनमा आउट भए ।
धोनी ४ बलमा ५ रनमा नटआउट रहे । रविन्द्र जडेजा ७ बलमा ३ चौका र १ छक्कासहित २० रनमा नटआउट रहे । दिल्लीका खलिल अहमद, एनरिच नोर्किया र चेतन सकारियाले समान एक विकेट लिए ।
चेन्नई १४ खेलमा ८ मा जित र ५ मा हारका साथ १७ अंकका सात दोस्रो स्थानमा छ । आजनै लखनऊ र कोलकाताबीच प्रतिस्पर्धा हुँदैछ । लखनऊ विजयी हुँदा १७ अंक हुनेछ । लखनऊ विजयी भएमा नेटरनरेटमा माथि रहने टोली दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।
तर लखनऊ आजको खेलमा पराजित भएमा चेन्नई र गुजरात पहिलो क्वालिफायर खेल्नेछन् । गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्षस्थानमा छ । लखनऊ १७ खेलमा ७ मा जित र ५ मा हारका साथ १५ अंक जोड्दै तेस्रो स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]