default_image

3 years ago

May 21, 2023

कोलकातालाई एक रनले हराउँदै लखनऊ प्लेअफमा

256 views

0 Bookmark

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६८ औं खेलमा कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ । योसँगै लखनऊले तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्ने पक्का हुँदा कोलकाता बाहिरिएको छ ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । कोलकातालाई अन्तिम ओभरमा २१ रन चाहिँएको थियो । रिंकु सिंहले अन्तिम तीन बलमा दुई छक्का र एक चौका प्रहार गरेपनि टोलीको झिनो हार टार्न सकेनन् ।

तीव्र गतिका बलर यश ठाकुरले पहिलो बलमा वैभव आरोरालाई एक रन दिए । लगत्तै अर्को बल वाइड फ्याँले । त्यसपछि दुई बल रिंकुलाई डट राखेका थिए । लगत्तै वाइड फ्याँलेका थिए । चौथोमा छक्का, पाँचौं बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गरेपनि जित भने दिलाउन सकेनन् ।

कोलकातालाई अन्तिम १२ बलमा ४१ रन जितको लागि आवश्यक हुँदा रिंकुले सानदार प्रदर्शन गरेका थिए । १९ औं ओभरमा रिंकुले नविन उल हकलाई सुरुवाती तीन बलमा लगातार चौका र पाँचौं बलमा छक्का प्रहार गर्दै अर्को ओभरमा जितको आशा कायमै राखेका थिए ।

सानदार प्रदर्शन गरेका रिंकु ३३ बलमा ६ चौका र ४ छक्कासहित ६७ रनमा नटआउट रहे । ओपनर जेसन रोय २८ बलमा ७ चौका र १ छक्कासहित ४५ रनमा आउट भए । अन्य कुनैपनि कोलकाताका खेलाडीले राम्रो गर्न सकेनन् । वेंकटेश ऐर २५, नितिश राणा ८, रहमानउल्लाह गुरबाज १० र आन्द्रे रसेल ७ रनमा आउट भए ।

लखनऊका रवि विश्रोईले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । यश ठाकुरले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्या र कृष्णाप्पा गौतमले समान एक विकेट लिए ।

त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । लखनऊका निकोलस पुरनले ३० बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५८ रनको योगदान दिए । ओपनर क्विन्टन डि कक २८, प्रेरक माकांड २६ र आयुष बदोनी २५ रनमा आउट भए ।

एक समय ७३-५ को दयनीय अवस्थामा पुगेको लखनऊलाई छैटौं विकेटका लागि पुरन र बदोनीले ४७ बलमा ७४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कोलकाताका शार्दुल ठाकुर, सुनिल नारायण र वैभव आरोराले समान दुई विकेट लिए ।

गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नई १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रह्यो । लखनऊ १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ तेस्रो स्थानमा छ । चेन्नईको नेटरनरेट ०.६५२ र लखनऊको ०.२८४ छ ।

शीर्ष दुईमा गुजरात र चेन्नई हुने पक्का भएको छ । पहिलो क्वालिफायरमा यी दुई टोली भिड्नेछन् । अव बेंगलोर, मुम्बई र राजस्थान मध्य एक टोलीले अन्तिम चारमा स्थान बनाउँदै एलिमिनेटरमा लखनऊसँग खेल्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.