default_image

3 years ago

May 21, 2023

सिधै फाइनलमा पुग्न चेन्नई र गुजरात भिड्ने

282 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै क्वालिफायर खेल्ने भएका हुन् ।

गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात एक खेल अगावै नै शीर्ष स्थानमा रहने पक्का भएको हो । चेन्नई १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा अन्त्य गर्यो ।

लखनऊ १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ तेस्रो स्थानमा छ । चेन्नईको नेटरनरेट ०.६५२ र लखनऊको ०.२८४ छ । चेन्नई नेटरनरेटको कारण दोस्रो स्थानमा रहँदै क्वालिफायर खेल्ने अवसर पाएको हो।

क्वालिफायर खेल मंगलबार चेन्नईमा हुनेछ । उक्त खेलको विजेता टोली फाइनलमा पुग्नेछ । पहिलो क्वालिफायरमा पराजित हुने टोलीले एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ। एलिमिनेटर खेल बुधबार हुनेछ ।

लखनऊले एलिमिनेटर खेल्ने पक्का भएको छ । लखनऊसँग अव मुम्बई इन्डियन्स, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोर मध्य एक टोलीसँग खेल्नेछन् । आज आइपिएलका अन्तिम दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंकका साथ छैटौं स्थानमा छ । मुम्बई आजको खेलमा विजयी हुँदा १६ अंक हुनेछ । तर त्यतिले मात्रै प्लेअफमा पुग्दैन । उता आज साँझ रोयल च्यालेन्जर्स बेंगलोर र गुजरातबीच लिगको अन्तिम खेल हुनेछ ।

बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ । बेंगलोर आजको खेलमा विजयी हुँदा १६ अंक हुनेछ । यदि आज दुबै खेलमा बेंगलोर र मुम्बई विजयी भएमा नेटरनरेटमा माथि रहने टोली प्लेअफमा पुग्नेछन् । मुम्बई प्लेअफमा पुग्न विशाल जितको अन्तर आवश्यक पर्दछ ।

मुम्बईको नेटरनरेट माइनस ०.१२८ र बेंगलोरको प्लस ०.१८० छ । नेटरनरेटमा बेंगलोरमाथि रहने उच्च सम्भावना देखिन्छ । तर आजको दुबै खेलमा मुम्बई र बेंगलोर पराजित भएमा राजस्थान रोयल्स प्लेअफ खेल्ने उच्च सम्भावनाछ । राजस्थान १४ खेलमा ७ मा जित र ७ मा हारसहित १४ अंकका साथ पाचौं स्थानमा छ । राजस्थानको नेटरनरेट प्लस ०.१४८ छ ।

दोस्रो क्वालिफायर शुक्रबार र फाइनल आइतबार हुनेछ । दोस्रो क्वालिफायर र फाइनल भने नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.