default_image

3 years ago

May 21, 2023

मुम्बई र बेंगलोरको हारको प्रतीक्षामा राजस्थान

263 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को अन्तिम प्लेअफमा स्थान बनाउन तीन टोलीबीच प्रतिस्पर्धाछ । आज आइपिएलका लिगका अन्तिम दुई खेल हुँदैछन् । जसबाट अन्तिम चारमा पर्ने एक टोलीको टुङ्गो लाग्नेछ ।

गुजरात टाइटन्स शीर्ष र चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । उता लखनऊ सुपर जायन्ट्सले तेस्रो स्थानमा अन्त्य गरेको छ । चौथो स्थानमा रहँदै प्लेअफ खेल्न राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । अन्तिम चारमा स्थान बनाउने टोलीले एलिमिनेटरमा लखनऊसँग खेल्नेछ ।

मुम्बईले आज पहिलो खेलमा सनराइजर्स हैदराबादसँग घरेलु मैदान वानखडे रंगाशालामा खेल्नेछ । मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंक जोड्दै छैटौं स्थानमा छ । मुम्बई आजको खेलमा विजयी हुँदा १६ अंकमा पुग्नेछ । तर उता आजनै १४ अंक भएको रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्ससँग खेल्दैछ । गुजरात र बेंगलोरबीचको खेल साँझ बेंगलोरको घरेलु मैदानमा हुनेछ ।

बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंकका साथ चौथो स्थानमा छ । मुम्बई आजको खेलमा पराजित भएको खण्डमा प्लेअफ दौडबाट बाहिरिने पक्का छ । किनभने मुम्बईको भन्दा राजस्थानको नेटरनरेट राम्रो छ । मुम्बईको नेटरनरेट माइनस ०.१२८ छ । राजस्थान १४ खेलमा ७ मा जित र ७ मा हारका साथ १४ अंक जोड्दै पाँचौं स्थानमा छ । राजस्थानको नेटरनरेट प्लस ०.१४८ छ ।

बेंगलोरको नेटरनरेट प्लस ०.१८० छ । बेंगलोर र मुम्बई आजको दुबै खेलमा पराजित हुँदा राजस्थान अन्तिम चारमा रहँदै प्लेअफ खेल्ने उच्च सम्भावना रहन्छ । मुम्बई र बेंगलोर पराजित हुँदा तीनै टोलीको समान १४ अंक हुन्छ । मुम्बईको पहिला नै नेटरनरेट माइनस हुँदा स्वत बाहिरिनेछ । जसमा बेंगलोर र राजस्थानमा नेटरनरेटमा माथि रहने टोली प्लेअफमा जानेछ ।

बेंगलोर पराजित हुँदा नेटरनरेट पनि घट्नेछ । त्यसैले राजस्थान बेंगलोर र मुम्बईको हार चाहन्छ । बेंगलोरको फराकिलो हारको प्रतीक्षामा हुनेछ ।

गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नई १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमाछ । समान खेल र नतिजाका साथ १७ अंक भएपनि लखनऊ नेटरनरेटको कारण तेस्रो स्थानमा छ ।

कोलकाता १४ खेलमा ६ मा जित र ८ मा हारसहित १२ अंकका साथ सातौं स्थानमा रहेर बाहिरियो । पन्जाब किंग्स १४ खेलमा ६ मा जित र ८ मा हारसहित १२ अंकका साथ आठौं स्थानमा रहेर बाहिरियो । दिल्ली १४ खेलमा ५ मा जित र ९ मा हारका साथ नवौं स्थानमा रहेर बाहिरियो । हैदराबाद १३ खेलमा ४ मा जित र ९ मा हारका साथ ८ अंकका साथ पुछारमा रहेर बाहिरियो ।

पहिलो क्वालिफायर चेन्नई र गुजरातबीच बुधबार प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटर खेल बिहीबार हुनेछ । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ।

दोस्रो क्वालिफायर शुक्रबार र फाइनल आइतबार हुनेछ । पहिलो क्वालिफायर र एलिमिनेटर चेन्नईमा हुनेछ । दोस्रो क्वालिफायर र फाइनल नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.