default_image

3 years ago

May 21, 2023

२८ करोडका ग्रीनको सानदार शतकसँगै मुम्बईको प्लेअफ सम्भावना कायमै

329 views

0 Bookmark

एजेन्सी – युवा अलराउन्डर क्यामरन ग्रीनको उत्कृष्ट शतकमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६९ औं खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको छ । मुम्बई यस जितसँगै अंक तालिकामा चौथो स्थानमा उक्लिदै प्लेअफ सम्भावना कायमै राखेको छ ।

यदि आजको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोर गुजरात टाइटन्ससँग पराजित भएमा वा वर्षाको कारण खेल रद्द भएमा मुम्बई प्लेअफमा पुग्नेछ । बेंगलोर विजयी भएमा मुम्बई भने बाहिरिनेछ ।

जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितमा क्यामरन ग्रीन ४७ बलमा ८ चौका र ८ छक्कासहित १ सय रनमा अविजित रहे ।

१८ औं ओभरको अन्तिम बलमा एक रन बटुल्दै ग्रीनले आफ्नो टि२० करिअरकै पहिलो शतक पूरा गरे । ग्रीनलाई मुम्बईले गत डिसेम्बरमा अक्सनमा १७ करोड ५० लाख भारु (झन्डै २८ करोड नेपाली रुपैयाँ) मा किनेको थियो । यसअघिका खेलमा औसत प्रदर्शन गर्दै आएका ग्रीनले यस खेलमा सानदार प्रदर्शन गरेका हुन् ।

दोस्रो विकेटका लागि रोहित शर्मा र क्यामरन ग्रीनले ६५ बलमा १ सय २८ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रोहित मयंक डागरको १४ औं ओभरको पहिलो बलमा नितिश कुमार रेड््डीबाट क्याच आउट भए । रोहितले ३७ बलमा ८ चौका र १ छक्कासहित ५६ रन बनाए ।

सूर्य कुमार यादव १६ बलमा ४ चौकासहित २५ रनमा अविजित रहे । ईशान किशन १२ बलमा १ चौका र १ छक्कासहित १४ रनमा आउट भए । हैदराबादका भुवनेश्वर कुमार र मयंक डागरले समान एक विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । हैदराबादका मयंक अग्रवालले ४६ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन् । अर्का ओपनर विभ्रान्त शर्माले ६९ बलमा ९ चौका र २ छक्कासहित ६९ रन बनाए ।

पहिलो विकेटका लागि शर्मा र अग्रवालले १३.५ ओभरमा १ सय ४० रनको सानदार शतकीय साझेदारी गरेका थिए । हेनरिक क्लासेन १८, ग्लेन फिलिप्स १ र ह्यारी ब्रुक शून्यमा आउट भए । एडेन माक्ररम ७ बलमा १ छक्कासहित १३ रनमा नटआउट रहे । मुम्बईका आकाश माधलले ४ ओभरमा ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्रिस जोर्डनको नाममा एक विकेट रह्यो ।

गुजरात टाइटन्स शीर्ष र चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । उता लखनऊ सुपर जायन्ट्सले तेस्रो स्थानमा अन्त्य गरेको छ । मुम्बई १४ खेलमा ८ मा जित र ६ मा हारका साथ १६ अंकका साथ चौथो स्थानमा छ । मुम्बई प्लेअफ खेल्न आजको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्ससँग पराजित हुनुपर्छ ।

बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंकका साथ पाँचौं स्थानमा छ । बेंगलोर विजयी भएसँगै १६ अंक हुँदा नेटरनरेटको कारण चौथो स्थानमा रहँदै एलिमिनेटर खेल खेल्नेछ । बेंगलोरको नेटरनरेट प्लस ०.१८० छ । उता मुम्बईको नेटरनरेट माइनस ०.०४४ छ ।

राजस्थान १४ खेलमा ७ मा जित र ७ मा हारसहित १४ अंकका साथ छैटौं स्थानमा रहेर बाहिरियो । मुम्बईको जितसँगै राजस्थानको १४ अंकमा प्लेअफ खेल्ने सम्भावना समाप्त भएको हो ।

पहिलो क्वालिफायर चेन्नई र गुजरातबीच मंगलबार प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटर खेल बुधबार हुनेछ । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायर शुक्रबार र फाइनल आइतबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.