3 years ago
May 21, 2023
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को प्लेअफमा पुग्न आज गुजरात टाइटन्सविरुद्ध जित पर्याप्त हुने भएको छ । मुम्बई इन्डियन्सको भन्दा नेटरनरेट एक खेल अगावै बलियो भएपछि बेंगलोरलाई जित पर्याप्त हुने भएको हो ।

बेंगलोर र गुजरातबीचको खेल केहि समयपछि सुरु हुँदैछ । बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंकका साथ पाँचौं स्थानमा छ । बेंगलोर विजयी भएसँगै १६ अंक हुँदा नेटरनरेटको कारण चौथो स्थानमा रहँदै एलिमिनेटर खेल खेल्नेछ ।
बेंगलोरको नेटरनरेट प्लस ०.१८० छ । मुम्बई १४ खेलमा ८ मा जित र ६ मा हारका साथ १६ अंकका साथ चौथो स्थानमा छ। उता मुम्बईको नेटरनरेट माइनस ०.०४४ छ । बेंगलोरलाई नेटरनरेटको कुनै चिन्ता हुनेछैन । जितका साथ २ अंक पर्याप्त बन्नेछ । बेंगलोर पराजित भएमा वा वर्षाको कारण खेल रद्द हुँदै अंक बाँड्नु परेमा भने मुम्बई प्लेअफमा पुग्नेछ ।
यता राजस्थान १४ खेलमा ७ मा जित र ७ मा हारसहित १४ अंकका साथ छैटौं स्थानमा रहेर बाहिरिएको छ । मुम्बईको जितसँगै राजस्थानको १४ अंकमा प्लेअफ खेल्ने सम्भावना समाप्त भएको हो । बेंगलोर र मुम्बई मध्य एक टोलीले एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्ससँग बिहीबार प्रतिस्पर्धा गर्नेछन् । लखनऊले तेस्रो स्थानमा रहँदै प्लेअफ खेल्ने पक्का गरेको छ ।
गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नईले १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा अन्त्य गर्यो । समान खेल र नतिजाका साथ १७ अंक भएपनि लखनऊ नेटरनरेटको कारण तेस्रो स्थानमा रह्यो ।
गुजरात टाइटन्स शीर्ष र चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायर मंगलबार चेन्नईमै सुरु हुनेछ । उक्त खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटर खेल बुधबार हुनेछ ।
एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा स्थान बनाउन दोस्रो क्वालिफायर खेल्नेछ। दोस्रो क्वालिफायर शुक्रबार र फाइनल आइतबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]