2 years ago
May 23, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो क्वालिफायर खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा चेन्नईको घरेलु मैदान चेपौकमा सुरुहुनेछ । दुबै टोली जितका साथ सोझै फाइनलमा स्थान बनाउन चाहन्छन् ।
यस खेलको विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । चेन्नई महेन्द्रसिंह धोनी र गुजरात हार्दिक पान्ड्याको कप्तानीमा मैदान उत्रनेछ । आइपिएलका सर्वाधिक सफल कप्तान धोनीको कप्तानी सामु हार्दिकको परिक्षा हुनेछ ।
धोनी खेल अनुसार नतिजा मोड्न सक्छन् । उनी खेलाडीको क्षमता भन्दापनि विश्वासमा बढी ध्यान दिन्छन् । गुजरातका युवा ब्याटर शुभमन गिल उच्च लयमा छन् । गिलले १४ खेलमा २ शतक र ४ अर्धशतकसहित कुल ६ सय ८० रन बनाएका छन् । उनीअघि सर्वाधिक रन बनाउने खेलाडीमा रोयल च्यालेन्जर्स बेंगलोरका फाफ डु प्लेसिस ७ सय ३० रनका साथ शीर्ष स्थानमा छन् ।
गिलले पछिल्ला दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादविरुद्ध लगातार शतक हानेका थिए । गिलको प्रदर्शन गुजरातको लागि महत्वपूर्ण हुनेछ । त्यस्तै विजय शंकर पनि राम्रो लयमा छन् ।
डेविड मिलर गुजरातका प्रमुख हिटर ब्याटर हुन् । उनी क्रिजमा टिक्दा सहज जित निकाल्न सक्छन् । मिलरको विकेट महत्वपूर्ण हुनेछ । हार्दिक पान्ड्या, राहुल टेवाटिया र राशिद खान पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् ।
उता राशिद खान र नुर अहमदको स्पिनर जोडी चेन्नईलाई घातक बन्नसक्छ । यी दुई स्पिनर गुजरातका प्रमुख बलिङ हतियार हुन् । नयाँ बलका साथ मोहम्मद शामीले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।
यता चेन्नईका ओपनर ऋतुराज गायकवाड र डेभन कन्वे प्रमुख ब्याटर हुन् । यी दुबै ओपनरले यस सिजनमा सानदार प्रदर्शन गरेका छन् । कन्वेले यस सिजनमा ५ सय ८५ र गायकवाडले ५ सय ४ रन बनाएका छन् । यी दुई ब्याटरबाट चेन्नई राम्रो सुरुवात चाहन्छ । यस सिजनमा अजिंक्या रहाणेले फरक शैलीमा प्रस्तुत हुँदै आक्रामक ब्याटिङ गर्दै आएका छन् । रहाणेबाट मध्यक्रममा गुजरातको स्पिन आक्रामण सामु आक्रामक ब्याटिङ चाहन्छ ।
शिवम दुबे चेन्नईका क्लिन हिटर हुन् । उनले यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दुवेको क्लिन हिट गुजरातलाई निराश बनाउन सक्छ । मोईन अली, रविन्द्र जडेजा र धोनी जस्ता खेलाडी तल्लोक्रममा हुँदा चेन्नईको ब्याटिङ मजबुत छ । धोनी राम्रो लयमा छन् ।
चेन्नईका तीव्र गतिका बलर महिशा पाथिरानाले डेथ ओभर र दीपक चाहरले पावर प्लेमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तेस्रो पेश आक्रामणमा तुषार देशपान्डेले साथ दिनेछन् । स्पिन चेन्नईको सधैं मुख्य हतियार हुने गर्दछ । महेश थिक्सेना र रविन्द्र जडेजाको प्रदर्शन स्पिनर सहयोगी चेन्नईको पिचमा अझ प्रभावकारी हुनेछ । मिचेल सान्टनार र मोईन अली पार्टटाइम स्पिनरको रुपमा हुनेछन् ।
चेन्नई र गुजरातबीच तीन खेल भएका छन् । जसमा चेन्नई तीनै खेलमा पराजित भएको छ । यस सिजनमा पहिलो खेलमा चेन्नई गुजरातसँग पाँच विकेटले पराजित भएको थियो ।
यस खेलमा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेता आउनेछ । बुधबार एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउन शुक्रबार पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।
January 12, 2025
एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]
January 12, 2025
एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]
January 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा आइतवार बागमती प्रदेशलाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको फाइनलमा पुगेको छ । एलिट कपको फाइनलमा पुग्ने पुलिस दोस्रो टोली बनेको छ । यसअघि आजै मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ […]