default_image

3 years ago

May 24, 2023

सन्न्यास बारे यस्तो छ धोनीको धारणा

357 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) बाट सन्न्यास लिने वा नलिनेमा जवाफ दिएका छन्। ४१ वर्षीय धोनीले चेन्नई सुपर किंग्सलाई १० औं पटक फाइनलमा पुर्याएपछि आफ्नो प्रतिक्रिया दिएका हुन् ।

चेन्नईले पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनायो । यदि महेन्द्रसिंह धोनीले फाइनलपछि आइपिएलबाट सन्न्यास लिएमा चेन्नईको घरेलु मैदान एमए चिदाम्बरम स्टेडियममा अन्तिम खेल हुनेछ । उनले अन्तिम खेल हुने वा नहुने स्पष्ट पारेनन् ।

‘म पुन यस मैदानमा फर्किन्छु वा फर्किदैन थाहा छैन । मैले ८/९ महिनापछि निर्णय लिनेछु । डिसेम्बरमा मिनी आइपिएल अक्सन हुनेछ । त्यो समय सम्म मैले निर्णय लिनेछु । अहिलेनै टाउको किन दुखाउनु । मसँग निर्णय लिने पर्याप्त समय छ’, धोनीले खेलपछि भने ।

धोनीले यस सिजनमा धोनीले अन्तिम दुई ओभरमा ब्याटिङ गर्दै आएका छन् । धोनीले राम्रो अन्त्य गर्दै आएका छन् । त्यसैले गर्दा धोनीले फाइनलमा सन्न्यास नलिँदै आगमी वर्ष खेल्न सक्ने सम्भावना देखाएका हुन् । धोनीले ११ इनिङमा ब्याटिङ गर्दै ५६ बल खेल्दा ३ चौका र १० छक्कासहित १ सय ४ रन बनाएका छन् । त्यो भन्दा पनि उनको कप्तानी र खेलाडी प्रयोग झनै सानदार छ ।

‘म चेन्नईको लागि सधैं त्यहाँ हुनेछु । चाहेँ त्यो खेलाडीको रुपमा होस् वा अन्य कुनै भूमिकामा छ । मलाई थाहा छैन । म चार महिनादेखि घर बाहिर छु । म जनवरी ३१ मा घरबाट निस्केको थिए । आफ्नो काम सकेर मार्च २/३ बाट अभ्यास गर्न थालेको थिए । मसँग समय लिन पर्याप्त समय छ, उनले भने ।

टि२० विश्वकप, एकदिवसीय विश्वकप र आइसिसी च्याम्पियन्स ट्रफी तीनै उपाधि दिलाउने विश्वकै एक्लो कप्तान धोनीले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए ।

विश्कै एक उत्कृष्ट फिनिसर र कप्तान धोनीले पहिलो संस्करण देखिनै चेन्नईको कप्तानी गर्दै आएका छन् । आइपिएलमा चेन्नईले खेलेका १४ संस्करण मध्य १० फाइनल खेलेको छ । चेन्नई आफ्नो इतिहासमा दुई पटक मात्रै लिगबाटै बाहिरिएको छ । अन्य सबै संस्करणमा प्लेअफ खेलेको छ ।

चेन्नईले धोनीको कप्तानीमा सन् २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । चेन्नई २००८, २०१०, २०११, २०१२, २०१३, २०१५, २०१८, २०१९, २०२१ र २०२३ मा फाइनलमा स्थान बनाएको हो । चेन्नई २००९ मा सेमिफाइनलबाट बाहिरिएको थियो । २०१४ मा पनि चेन्नई फाइनल पुग्न सकेको थिएन ।

प्रतिबन्धको कारण २०१६ र २०१७ को सिजन खेलेको थिएन । चेन्नई १४ संस्करण मध्य दुई २०२० र २०२२ मा मात्रै समूह चरणबाट बाहिरिएको थियो । अन्य १२ सिजनमा प्लेअफमा स्थान बनाएको छ । चेन्नईपछि मुम्बई इन्डियन्स ६ पटक आइपिएलको फाइनलमा पुगेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.