default_image

3 years ago

May 24, 2023

एलिमिनेटर खेलमा मुम्बई र लखनऊ भिड्दै

313 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को एलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा चेन्नईको घरेलु मैदान एमए चिदाम्बरम रंगाशालामा सुरु हुनेछ।

यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । शुक्रबार गुजरात र एलिमनिटेरबीच खेल हुनेछ । जसको विजेता टोलीले आइतबार फाइनलमा चेन्नईसँग खेल्नेछ ।

लखनऊ १७ अंकका साथ तेस्रो र मुम्बई १६ अंकका साथ अन्तिम चारमा रहँदै प्लेअफमा स्थान बनाएका थिए । लिग चरणको खेलमा लखनऊले मुम्बईलाई ५ रनले हराएको थियो । लखनऊ र मुम्बईबीच तीन खेल हुँदा सबै खेलमा लखनऊ विजयी भएको छ ।

मुम्बईका कप्तान रोहित शर्मा र लखनऊका क्रुनाल पान्ड्या दुबैले एक अर्कालाई राम्रोसँग बुझेका छन् । मुम्बईमा रोहित र क्रुनालले लामो समयसँगै खेलेको अनुभव छ । यस खेलमा पराजित हुने टोली बाहिरिने हुँदा दुबै टोली जितका साथ दोस्रो क्वालिफायरमा स्थान बनाउन चाहन्छन् ।

मुम्बईलाई अन्तिम खेलमा जिताउन युवा अलराउन्डर क्यामरन ग्रीनले हैदराबादविरुद्ध ४७ बलमा १ सय रनको शतकीय इनिङ खेलेका थिए । एलिमिनेटर अघि ग्रीनको उक्त प्रदर्शनले मुम्बईको आत्माविश्वास नै फेरिएको छ ।

मुम्बईमा टि२० विशेष खेलाडीको बाहुल्यता छ । रोहित शर्मा, ईशान किशन, क्यामरन ग्रीन, सूर्यकुमार यादव र टिम डेविड जस्ता प्रसिद्ध टि२० खेलाडी छन् । यी मध्य दुई खेलाडी चलेको खण्डमा मुम्बईले सहज जित हात पार्नसक्छ । जसमा सूर्य र मुम्बईको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

मुम्बईको बलिङ आक्रामण भने कमजोरीको रुपमा छ । चोटका कारण जस्प्रित बुमराह र जोफ्रा आर्चर दुबै बलर नहुँदा मुम्बई केहि समस्यामा परेको हो । हैदराबादविरुद्ध आकाश माधलले ४ विकेट लिँदै राम्रो आशा जगाएका थिए । जेसन बेहर्नडोर्फ र आकाशको जोडीले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । उता अनुभवी स्पिनर पियुष चवालाले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् ।

यता लखनऊले टोलीमा परिवर्तन गर्ने सम्भावनाछ । पछिल्लो खेलमा कोलकाताविरुद्ध कर्ण शर्मालाई ओपनिङ गराएको थियो । लखनऊले कायल मेयर्सलाई ओपनिङमा मौका दिनसक्छ । उनलाई मौका दिन नविन उल हकलाई बेन्चमा राख्ने सम्भावना छ । निकोलस पुरन राम्रो लयमा छन् ।

उनको प्रदर्शन आजको खेलमा निकै महत्वपूर्ण हुनेछ । मार्कस स्टोइनिस र क्विन्टन डि कक प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरबाट ठूलो इनिङ चाहन्छ । लखनऊको बलिङ आक्रामण भारतीय बलरमा बढी निर्भर रहेछ ।

भारतीय स्पिनर रवि विश्रोईले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । तीव्र गतिका बलरमा मोहसिन खान र यश ठाकुर छन् । चेन्नईमा स्पिनरलाई सहयोग मिल्ने हुँदा क्रुनाल र कृष्णाप्पा गौतमको प्रदर्शन पनि महत्वपूर्ण हुनसक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.