3 years ago
May 24, 2023
एजेन्सी – पाँच पटकको च्याम्म्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनायो ।

मुम्बईका क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिए । एक समय विशाल योगफलको सम्भावना देखाएपनि एकै ओभरमा सूर्य र ग्रीन आउट भएपछि मुम्बईको रनको गति रोकिएको थियो ।
ओपनर तथा कप्तान रोहित शर्मा १० बलमा १ चौका र १ छक्कासहित ११ रनमा आउट भए । रोहित तीव्र गतिका बलर नविन उल हकको बलमा कभरमा आयुष बदोनीबाट क्याच आउट भएका थिए । युवा तीव्र गतिका बलर यश ठाकुरको पाँचौं ओभरको दोस्रो बलमा एज लागेर विकेटकिपर निकोलस पुरनबाट १५ रनमा क्याच आउट भए । किशनले १२ बलमा ३ चौका प्रहार गरे ।
तेस्रो विकेटका लागि सूर्यकुमार यादव र क्यामरन ग्रीनले ३८ बलमा ६६ रनको साझेदारी गर्दै राम्रो योगफलको सम्भावना देखाएका थिए । तर नविनले ११ औं ओभरमा सूर्य र ग्रीन दुबैलाई आउट गरेपछि लखनऊ खेलमा फर्किएको थियो ।
चौथो बलमा सूर्य कृष्णाप्पा गौतमबाट क्याच आउट भए । लेगकटर बलमा सूर्य मिडअफमा क्याच आउट हुन पुगेका थिए । सूर्यले २० बलमा २ चौका र २ छक्का प्रहार गरे । एक बलपछि ग्रीन बोल्ड भएपछि मुम्बई दबाबमा परेको थियो । दुबै स्वलोअर बलमा आउट भएका थिए ।
नेहाल वढेरा १२ बलमा २ चौका र २ छक्कासहित २३, तिलक बर्मा २६, टिम डेविड १३ र क्रिस जोर्डन ४ रनमा आउट भए । लखनऊका नविन उल हकले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । यश ठाकुरले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । मोहसिन खानको नाममा एक विकेट रह्यो ।
यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । शुक्रबार गुजरात र एलिमनिटेरबीच खेल हुनेछ । जसको विजेता टोलीले आइतबार फाइनलमा चेन्नईसँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]