default_image

3 years ago

May 25, 2023

नेदरल्यान्ड्सका प्रमुख खेलाडी नहुँदा नेपाललाई फाइदा

292 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेदरल्यान्ड्सका प्रमुख खेलाडीले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट गुमाउने भएपछि नेपाललाई फाइदा हुने भएको छ । इंग्ल्यान्डको चर्चित घरेलु क्रिकेट काउन्ट्री च्याम्पियनसिप डिभिजन वानबाट खेलाडी नछोडेपछि नेदरल्यान्ड्सका केहि प्रमुख ब्याटरले विश्वकप छनोट गुमाउने भएका छन् ।

नेपालकै समूहमा रहेका नेदरल्यान्ड्सका प्रमुख खेलाडीलाई काउन्ट्रीले नछोडेपछि सुपर सिक्समा स्थान बनाउन सहज हुने भएको छ । नेदरल्यान्ड्सका मध्यक्रमका भरपर्दा ब्याटर टम कुपर, कोलिन एकरम्यान, तीव्र गतिका बलिङ अलराउन्डर पल भान मार्केन र फर्द क्लासेन लगायतका खेलाडीले गुमाउने भएका छन् ।

मध्यक्रमका भरपर्दा ब्याटर कोलिन एकरम्यान र टम कुपर नहुँदा नेदरल्यान्ड्सको ब्याटिङमा ठूलो असर पर्नसक्छ । गतवर्ष टि२० विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हराउँदा प्लेयर अफ द म्याच चुनिएका एकरम्यान इंग्ल्यान्डका लेस्टरशायरबाट घरेलु क्रिकेट खेल्दै सानदार प्रदर्शन गर्दै आएका छन् ।

उनले दक्षिण अफ्रिकाविरुद्ध २६ बलमा ३ चौका र २ छक्कासहित ४१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । त्यसै खेलमा १९ बलमा २ चौका र २ छक्कासहित ३५ रनको आक्रामक इनिङ खेलेका टम कुपर पनि टोलीमा छैनन् ।

टम कुपरलेले ३२ ओडिआई खेलमा १ शतक र १२ अर्धशतकसहित कुल १ हजार ३ सय १९ रन बनाएका छन् । उनले प्रथम श्रेणीमा १३ शतक र ३४ अर्धशतकका साथ ६ हजार ५ सय ३३ रन बनाएका छन् । लिष्ट ए मा १० शतक र ३८ अर्धशतकका साथ ५ हजार ८ सय ४८ रन बनाएका छन् ।

विश्व फ्रेन्चाइज लिगमा कुपरले राम्रो प्रभाव छाड्दै आएका छन् । कोलिन एकरम्यानले १ सय ५८ प्रथम श्रेणी खेलमा २१ शतक र ६० अर्धशतकका साथ ९ हजार ८ सय ५७ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २ सय ७७ नट आउट छ ।

त्यस्तै अनुभवी दुई तीव्र गतिका बलर पल भान मार्केन र रोलेफ मर्वे पनि टोलीमा छैनन् । नेदरल्यान्ड्सको पहिलो रोजाईको तीव्र गतिको बलिङ आक्रामण विश्वकप छनोटमा हुनेछैन । जसले गर्दा नेपाली ब्याटरलाई रन बनाउन केहि सहज हुनसक्छ ।

काउन्ट्रीले नछोडेपछि तीव्र गतिका बलरमा पल भान माक्रेन, ब्रेन्डन ग्लोभर, फर्द क्लासेन, टिम भान डर गुर्टेन, शेन स्नेटर र रोलेफ भान मर्वे टोलीमा छैनन् । त्यस्तै गतवर्ष टि२० विश्वकपमा सानदार प्रदर्शन गर्ने स्पिनर टिम प्रिन्गल पनि टोलीमा छैनन् । फर्द क्लासेन र ब्रेन्डन ग्लोभरको पहिलो तीव्र गतिको आक्रामण नेदरल्यान्ड्ससँग हुनेछैन ।

मध्यक्रमका प्रमुख दुई ब्याटर र पहिलो रोजाईका तीव्र गतिका बलर टोलीमा नहुँदा नेपाललाई ठूलो फाइदा पुग्ने देखिएको छ । विश्वकप छनोटको समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, वेस्टइन्डिज र जिम्बावे छन् । नेपालले नेदरल्यान्ड्स र अमेरिकालाई पराजित गरेको खण्डमा सुपर सिक्स स्थान बनाउने उच्च सम्भावना देखिन्छ । नेदरल्यान्ड्स र नेपालबीचको विजेता सुपर सिक्समा पुग्न सक्ने अनुमान गरिएको छ ।

शीर्षक्रमका २३ वर्षीय युवा ब्याटर नोह क्रोसले अष्ट्रेलियाबाट घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । उनी पहिलो पटक नेदरल्यान्ड्सको टोलीमा परेका हुन् । उनी भने सरप्राइज प्याकेज बन्नसक्छन् । त्यस्तै १९ वर्षीय युवा अलराउन्डर माइलक लेभिटलाई पनि नेदरल्यान्ड्सले टोलीमा मौका दिएको छ ।

स्कट एडवार्ड्स, म्याक्स ओडाउड, विक्रमजित सिंह र बास डि लिडे नेदरल्यान्ड्सका प्रमुख ब्याटर हुन् । गत मार्चमा जिम्बावेविरुद्ध ओडिआई खेलमा १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका तेजा निडामनुरुले तल्लोक्रम सम्हाल्नेछन् । नेदरल्यान्ड्स आइसिसी विश्वकप सुपर लिगबाट पुछारमा रहँदै विश्वकप छनोटमा स्थान बनाएको हो ।

समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । प्रतियोगिता जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ ।

नेदरल्यान्ड्सको टोली :

स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), म्याक्स ओडाउड, लोगन भान विक, विक्रमजित सिंह, आर्यन दत्त, भिभियन किंग्मा, बास डि लिडे, नोह क्रोस, रयान क्लेन, तेजा निडामानुरु, वेस्ली व्यारेसी, शरिज अहमद, क्लेटन फ्लोयड, माइकल लिभित र सकिब जुलफिकर ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.