default_image

3 years ago

May 25, 2023

तीन नयाँ अनुहार समेट्दै नेपालको टोली घोषणा

563 views

0 Bookmark

काठमाडौँं (हाम्रो खेलकुद) – तीन युवा खेलाडीलाई पहिलो पटक समेट्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग हुने पाँच महिला टि२० आई खेलको सिरिजको लागि टोली घोषणा गरेको छ ।

नेपालले युवा ब्याटर सम्झना खड्का, स्पिनर कृतिका करासिनी र बायाँ हाते तीव्र गतिका बलर ईश्वरी विष्ट पहिलो पटक टोलीमा मौका दिएको छ । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने सम्झना खड्काले पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट ब्याटिङ गर्दै आएकी छिन् ।

सुदूरकै ईश्वरी विष्टले घरेलु क्रिकेटमा राम्रो बलिङ गर्दै आएकी छिन् । स्पिनर कृतिका मरासिनी नेपालको यू१९ कप्तान हुन् । उनले लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै राम्रो प्रदर्शन गर्दै आएकी छिन् ।

अन्य भने पुरानै नाम छन् । नेपालले रुविना क्षेत्री बेलबासेको कप्तानीमा टोली घोषणा गरेको छ । नेपालले मलेसियामा गएर पाँच खेलको टि२० आई सिरिज खेल्नेछ । नेपालले मलेसियासँग पहिलो खेल जेठ १५ (मे२९) मा खेल्नेछ । त्यस्तै जेठ १६ (मे३०) मा दोस्रो खेल खेल्नेछ । जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ (जुन ३ र ४) मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ ।

नेपालको टोली :

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी ।
मुख्य प्रशिक्षक: स्यामसन जंग थापा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.