3 years ago
May 26, 2023
एजेन्सी – अमेरिकी तीव्र गतिका बलर अली खानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतिबन्धको कारण आगमी महिना जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालविरुद्ध खेल्न नपाउने भएका छन् ।

अघिल्लो महिना नामिबियामा सम्पन्न आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा जर्सीविरुद्ध ७ विकेट लिएका अली खानको खेल भावना विपरित कार्य गरेपछि दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको थियो ।
खेलमा अनुशासन उलंघनको कारण उनलाई कारबाही स्वरुप एक डीमेरिट प्वाइन्ट पाएका थिए । त्योसँगै उनीसँग २४ महिना भित्रमा ४ डीमेरिट प्वाइन्ट भएपछि दुई खेलमा प्रतिबन्ध लागेको थियो । उक्त प्रतिबन्धपछि अमेरिकाले कुनैपनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन र विश्वकप छनोट अघि खेल्ने तालिका पनि छैन ।
त्यसैको कार विश्वकप छनोटमा सुरुवाती दुई खेल वेस्टइन्डिज र नेपालसँग खेल उनले खेल्न पाउने छैनन् । अमेरिकाले पहिलो खेल १८ जुनमा वेस्टइन्डिजसँग खेल्नेछ । त्यसपछि २० जुनमा नेपालसँग खेल्ने कार्यक्रम छ । अमेरिकाले २२ जुनमा नेदरल्यान्ड्स र २६ जुनमा जिम्बावेसँग खेल्नेछ । अन्तिम दुई खेल भने उनले खेल्न पाउनेछन् ।

अली खान अमेरिका प्रमुख तीव्र गतिका बलर हुन् । उनले जर्सीविरुद्ध ओडिआई खेलमा ९.४ ओभरमा ३२ रन खर्चेर ७ विकेट लिएका थिए । ३२ वर्षीय उनले १२ ओडिआई खेलमा ३० विकेट लिएका छन् । अली खानले विश्वका फ्रेन्चाइज लिगमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । २०२० को इन्डियन प्रिमियर लिग (आइपिएल) मा उनी कोलकाता नाइट राइडर्सको टोलीमा थिए ।
गतवर्ष आइसिसी विश्वकप लिग २ मा नेपाली खेलाडीविरुद्ध पनि अभद्र व्यहबार गरेका थिए । सामाजिक सञ्जालमा नेपाली समर्थक संसारकै खराब बताएका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो । फिल्डिङका क्रममा नेपाली समर्थकलाई उत्तेजित पार्ने हर्कत गरेका अली खानले दोस्रो खेल जितेपछि नेपाली समर्थककै अगाडी भाङ्ग्रा नाच देखाएका थिए ।
अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट खेल्ने १४ सदस्य टोली घोषणा गरेकोछ । अमेरिका स्टार अलराउन्डर इयान होलान्डले भने विश्वकप छनोट नखेल्ने भएका छन् । उनी काउन्टी च्याम्पियनसिपको कारण अमेरिका टोलीमा उपलब्ध नहुने भएका छन् । होलान्डले ह्याम्पाशायरबाट काउन्टी खेल्दै आएका छन् ।
अमेरिका टोली :
मोनांक पटेल (कप्तान तथा विकेटकिपर), आरोन जोन्स (उपकप्तान), शयान जहाँगिर, नोस्थुश केंजिगे, अली खान, सुशान्त मोदानी, साई मुकामल्ला, सौरभ नेत्रवालकर, अभिषेक परादकर, निसर्ग पटेल, कायल फिलिप, उस्मान रफिक, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]