default_image

3 years ago

May 27, 2023

गिललाई ओरेन्ज क्याप, पर्पल क्यापमा कडा प्रतिस्पर्धा

429 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर शुभमन गिलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक रन बनाउने ब्याटरले पाउने अवार्ड ओरेन्ज क्याप पाउने पक्का भएको छ । पछिल्ला चार मध्य तीन इनिङमा सानदार शतक हानेपछि गिलले ओरेन्ज क्याप पाउने पक्का भएको हो ।

गिल १६ खेलमा ३ शतक र ४ अर्धशतकसहित ८ सय ५१ रनका साथ शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बेंगलोरका फाफ डु प्लेसिस छन् । डु प्लेसिस १४ खेलमा ८ अर्धशतकका साथ ७ सय ३० रनका साथ दोस्रो स्थानमा छन् । तर बेंगलोर लिगबाटै बाहिरिएको थियो ।

त्यस्तै बेंगलोरका विराट कोहली १४ खेलमा ६ सय ३९ रनका साथ तेस्रो स्थानमा रहँदै बाहिरिएका छन् । फाइनलमा पुगेको टोलीबाट डेभन कन्वे चौथो स्थानमा छन् । तर कन्वेले फाइनलमा यदि गिल डक आउट हुँदा पनि २ सय २६ रन भन्दा बढी रन बनाउनु पर्ने हुन्छ । एकै खेलमा २ सय २६ रन भन्दा बढी टि२० क्रिकेटमा एक ब्याटरका लागि असम्व छ । त्यसैले गिलले ओरेन्ज क्याप पाउने पक्का भएको हो । डेभन कन्वे १५ खेलमा ६ अर्धशतकका साथ ६ सय २५ रनका साथ चौथो स्थानमा छन् ।

गिलले पछिल्ला चार इनिङमा तीन शतक हानेका छन् । गिलले हैदराबादविरुद्ध १ सय १ र रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ४ रनको अविजित शतकीय इनिङ खेलेका थिए । लगातार दुई शतक हानेका गिल चेन्नईविरुद्ध भने ४२ रनमा आउट हुन पुगेका थिए । दोस्रो क्वालिफायरमा मुम्बईविरुद्ध गिलले १ सय २९ रनको सानदार शतकीय इनिङका साथ फाइनलमा स्थान पक्का गराए ।

उता सर्वाधिक विकेट लिए वापत पाउने अवार्ड पर्पल क्याप अवार्डमा भने गुजरात टाइटन्सका तीन बलरबीच उच्च प्रतिस्पर्धाछ । फाइनलको प्रदर्शनबाट निर्धारण हुने देखिन्छ ।

गुजरातका मोहम्मद शामी १६ खेलमा २८ विकेटका साथ शीर्ष स्थानमा छन् । राशिद खान समान खेलका साथ २७ विकेटका साथ दोस्रो स्थानमा छन् । गुजरातकै मोहित शर्मा १३ खेलमा २४ विकेटका साथ तेस्रो स्थानमा छन् । चेन्नईका तुषार देशपान्डेले १५ खेलमा २१ विकेट लिएका छन् ।

फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच आइतबार अहमदाबादमा प्रतिस्पर्धा हुनेछ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए । पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायर खेलमा मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा भेट पक्का गरेको हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.