3 years ago
May 27, 2023
एजेन्सी – अष्ट्रेलिया अलराउन्डर शेन एबोटले इंग्ल्यान्डको चर्चित टि२० प्रतियोगिता भिटालिटी ब्लास्टमा ३४ बलमै शतक हानेका छन् । एबोटको शतकको सहयोगमा सरेले केन्टलाई ४१ रनले पराजित गरेको छ ।

लन्डनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साम करन कप्तान रहेको सरेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनायो । उसका लागि शेन एबोटले ४१ बलमा ४ चौका र ११ छक्कासहित १ सय १० रनको नटआउट शतकीय इनिङ खेले । उनले १९ औं ओभरको सुरुवाती दुई बलमा माइकल होगनलाई लगातार दुई छक्का हान्दै ३४ बलमै शतक पूरा गरेका थिए ।
टि२० क्रिकेटमा सर्वाधिक छिटो क्रिस गेलको नाममा छ । गेलले इन्डियन प्रिमियिर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरबाट पुणे वारियर्सविरुद्ध २०१३ मा ३० बलमै शतक हानेका थिए । २०१८ मा भारतीय घरेलु क्रिकेट प्रतियोगितामा ऋषभ पन्तले दिल्लीबाट ३२ बलमै हिमान्चल प्रदेशविरुद्ध शतक हानेका थिए । २०१८ मा नर्थ वेस्टबाट दक्षिण अफ्रिका घरेलु प्रतियोगितामा विहान लुबेले लिम्पोेपोविरुद्ध ३३ बलमा शतक हानेका थिए ।
एबोटको यो टि२० आई करिअरकै पहिलो शतक समेत हो । उनले अष्ट्रेलियाबाट ११ ओडिआई र ९ टि२० आई खेल खेलेका छन् । उनले तीव्र गतिमा बलिङसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।
उनी बाहेक सरेका साम करनले १५, टम करन १६, विल जाक्स १७ र जोर्डन क्लार्कले २९ रन बनाए । जितको लागि २ सय २४ रनको विजयी लक्ष्य पछ्याएको केन्टले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]