default_image

3 years ago

May 27, 2023

नेपालसँग खेल्नु अघि जिम्बावेका अनुभवी ब्याटरको सानदार प्रदर्शन

272 views

0 Bookmark

एजेन्सी – आइसिसी एकदिवसीय विश्वकप छनोटमा तीन सातापछि घरेलु मैदानमा नेपालसँग खेल्नुअघि जिम्बावेका अनुभवी ब्याटर क्रेग इर्विनले सानदार प्रदर्शन गरेका छन् । विश्वकप छनोटको लागि तयारी स्वरुप खेलेको अभ्यास खेलमा जिम्बावे सेलेक्टबाट इर्विनले पाकिस्तान शाहिन्सविरुद्ध सानदार प्रदर्शन गरेका छन् ।

लिष्ट ए मान्यता प्राप्त छैटौं एकदिवसीय अभ्यास खेलमा हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे सेलेक्टले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ८५ रन बनाएको थियो ।

जिम्बावेका ३७ वर्षीय क्रेग इर्विनले १ सय ४८ बलमा २२ चौका र ६ छक्कासहित १ सय ९५ रनको सानदार ब्याटिङ गरे । उनी विकेटकिपर हसिबउल्लाह खानबाट रन आउट भएपछि दोहोरो शतक बनाउन मात्रै पाँच रनले चुकेका थिए ।

त्यस्तै अर्का ओपनर इनोसेन्ट कैया ७९ बलमा १० चौका र ३ छक्कासहित ९२ रनमा आउट भए । दोस्रो विकेटका लागि इर्विन र इनोसेन्ट कैयाले १ सय ८७ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । यस अघि चौथो अभ्यास खेलमा पाकिस्तान शाहिन्सविरुद्ध क्रेग इर्विनले १ सय ४४ बलमा १९ चौका र ३ छक्कासहित १ सय ६१ रनको सानदार शतकीय इनिङ खेलेका थिए । इर्विन जिम्बावेका प्रमुख ब्याटर हुन् ।

उनले जिम्बावेबाट १ सय १० ओडिआई खेलमा ३ शतक र १८ अर्धशतकसहित ३ हजार ३५ रन बनाएका छन् । त्यस्तै उनीसँग २० खेलमा टेस्टको अनुभव छ । जिम्बावेले पाकिस्तान शाहिन्ससँग पहिलो रोजाईको टोलीलाई नै अभ्यास गराएको छ । पाकिस्तानले भने आफ्नो ए स्तरको टोली पठाएको छ ।

विश्वकप छनोट आगमी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । समूह ए मा नेपाल, जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । जिम्बावेले पहिलो खेल जुन १८ मा नेपालसँग खेल्दै सुरुवात गर्नेछ । शीर्ष तीन टोली सुपर सिक्समा प्रतिस्पर्धा गर्नेछन् ।

सुपर सिक्समा अर्को टोलीबाट आएका तीन टोलीसँग खेल्नेछन् । जसबाट शीर्ष दुई टोली फाइनलमा पुग्दै विश्वकपमा पुग्नेछन् । जसमा वेस्टइन्डिज र श्रीलंका प्रमुख दाबेदारको रुपमा छन् । जिम्बावेलाई विश्वकप छनोट खेल्न यी दुई देश मध्य एकलाई पछि पार्नुपर्ने हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.