3 years ago
May 29, 2023
एजेन्सी – वर्षाको कारण इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल रिजर्भ डेमा हुने भएको छ ।

आइतबार नरेन्द्र मोदी रंगशाला अहमदाबादमा लगातार वर्षाको कारण आइपिएल फाइनल रिजर्भ डे अर्थात आज हुने भएको छ । खेलको टस समेत हुन नपाई पहिलो दिन रिजर्भ डे मा सरेको थियो । खेल नेपाली समय अनुसार आज साँझ ७: ४५ मा सुरु हुनेछ ।
विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान धोनीको सम्भव त यो आइपिएल अन्तिम खेल हुने हुँदा चेन्नई उपाधिका साथ बिदा गर्न चाहन्छ । धोनीको उत्कृष्ट कप्तानी सामू गुजरातको परिक्षा हुनेछ । चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा भेट पक्का गरेको हो । आइपिएलमा चेन्नई र गुजरातबीच चार खेल भएका छन् । जसमा चेन्नई एक र गुजरात तीन खेलमा विजयी भएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]