3 years ago
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर सम्झना खड्का र स्पिनर कृतिका मरासिनीले मलेसियासँगको पहिलो महिला टि२० आई खेलमा नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका छन् । नेपालले टस हारेर केहि समयमा पहिला ब्याटिङ गर्दैछ ।

पछिल्लो समय घरेलु क्रिकेटमा उच्च प्रदर्शन गर्दै आएकी सम्झनालाई नेपालले डेब्यू दिएको हो । सम्झना गत वर्ष पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ खेलमा १ सय ३५ रनका साथ सर्वाधिक रन बनाउने ब्याटर बनेकी थिइन् ।
ललितपुर मेयर्स कपमा सुदूरपश्चिमलाई फाइनलमा पुर्याउन उनले राम्रो प्रदर्शन गरेकी थिइन् । उनले ब्याटिङमा र बलिङमा लगातार राम्रो प्रभाव छाड्दै आएकी छिन् ।

यता कृतिका लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै आएकी छिन् । उनले स्पिन बलिङमा राम्रो प्रभाव छाड्दै आएकी छिन् । गतवर्ष नेपालको यू१९ टोलीको कप्तानी समेत गरेकी थिइन् । खेल पाँच खेलको सिरिज हुनेछ ।
नेपालको प्लेइङ ११ : अप्सरी बेगम, अश्मिना कर्माचार्य, ईन्दु बर्मा, ज्योति पान्डे, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, कृतिका मरासिनी, रुविना क्षेत्री, सम्झना खड्का, सीता रानामगर ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]