3 years ago
May 29, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल० २०२३ को फाइनलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशाला अहमदाबादमा चेन्नईका कप्तान धोनीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

आइपिएल आइतबार हुनुपर्ने हो । तर वर्षाको कारण आइतबार खेल हुन नसकेपछि आजलाई रिजर्भ डे मा सारिएको थियो ।चेन्नई र गुजरात दुबैले टोली परिवर्तन गरेका छैनन् ।
टसपछि धोनी र हार्दिक पान्ड्याले टिम परिवर्तन नगरेको जानकारी दिएका छन् । चेन्नई पाँचौं पटक र गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने सोचमा हुनेछन् । विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान धोनीको सम्भव त यो आइपिएल अन्तिम खेल हुने हुँदा चेन्नई उपाधिका साथ बिदा गर्न चाहन्छ । धोनीको उत्कृष्ट कप्तानी सामू गुजरातको परिक्षा हुनेछ ।
चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा भेट पक्का गरेको हो । गुजरातका युवा ओपनर शुभमन गिल र चेन्नईका ऋतुराज गायकवाड दुबै टोलीका प्रमुख ब्याटर हुन् । यी दुई ब्याटर उच्च लयमा छन् । गिल १६ खेलमा ३ शतक र ४ अर्धशतकसहित ८ सय ५१ रनका साथ शीर्ष स्थानमा छन् । गिलले पछिल्ला चार इनिङमा तीन शतक हानेका छन् ।
गिलले हैदराबादविरुद्ध १ सय १ र रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ४ रनको अविजित शतकीय इनिङ खेलेका थिए । लगातार दुई शतक हानेका गिल चेन्नईविरुद्ध क्वालिफायर खेलमा ४२ रनमा आउट हुन पुगेका थिए । दोस्रो क्वालिफायरमा मुम्बईविरुद्ध गिलले १ सय २९ रनको सानदार शतकीय इनिङका साथ फाइनलमा स्थान पक्का गराए । गिलको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
यता चेन्नईका डेभन कन्वे र ऋतुराज गायकवाडले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । कन्वेले ६ सय २५ र गायकवाडले ५ सय ६४ रन बनाएका छन् । गुजरातमा युवा ब्याटर साई सुदर्शनले तेस्रो नम्बरमा खेल्दै राम्रो प्रभाव छाड्दै आएका छन् । चेन्नईमा अजिंक्या रहाणे फरक शैलीमा प्रस्तुत हुँदै आएका छन् । आइपिएलमा चेन्नई र गुजरातबीच चार खेल भएका छन् । जसमा चेन्नई एक र गुजरात तीन खेलमा विजयी भएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]