default_image

3 years ago

May 29, 2023

सुदर्शनको सानदार ब्याटिङसँगै उपाधि जित्न चेन्नईलाई विशाल लक्ष्य

296 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर साई सुदर्शनले सानदार ब्याटिङ गरेपछि साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा चेन्नई सुपर किंग्सलाई उपाधि जित्न २ सय १५ रनको विशाल लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनायो ।

गुजरातलाई विशाल योगफलमा पुर्याउन सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९६ रनको इनिङ खेले । अन्तिम ओभरमा मथिसा पाथिरानालाई लगातार तेस्रो छक्का हान्ने धुनमा एलबीडब्लू आउट भएपछि शतक पूरा गर्न चार रनले चुकेका थिए ।

गुजरातका अनुभवी विकेटकिपर ऋद्धिमान शाहले ३९ बलमा ५ चौका र १ छक्कासहित ५४ रनमा आउट भए । त्यस्तै शुभमन गिल २० बलमा ७ चौकासहित ३९ रनमा आउट भए । गुजरातका प्रमुख ब्याटर शुभमन गिलले दोस्रो ओभरमै ठूलो जीवनदान पाए । तुषार देशपान्डेको दोस्रो ओभरको चौथो बलमा दीपक चाहरले ब्यक्तिगत तीन रनमा ब्याकवार्ड स्क्वायरमा सहज क्याच छाडेका थिए ।

गिलले पुन १७ रनमा जीवनदान पाएका थिए । दीपक चाहर पाँचौं ओभरको पहिलो बलमा गिललाई कट एन्ड बोल्ड आउट गर्ने अवसर गुमाएका थिए । सातौं ओभरको दोस्रो बलमा जडेजाले गिललाई ३६ रनमा रन आउट गर्ने अवसर चुकाएका थिए । गुजरातले पहिलो पावर प्लेमा ६२ रन जोडेको थियो ।

गिल जडेजाको सातौं ओभरको अन्तिम बलमा धोनीबाट स्टम्पिङ आउट भए । जडेजाको बल मिस भएपछि धोनीले उत्कृष्ट स्टम्पिङका साथ पहिलो विकेट चेन्नईलाई दिलाएका हुन् ।

पहिलो विकेटका लागि गिल र ऋद्धिमान शाहले ७ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि शाह र ऋद्धिमान शाहले ४२ बलमा ६४ रनको साझेदारी गरेका थिए । शाह दीपक चाहरको बलमा टप एज लागेर धोनीबाट १४ औं ओभरको अन्तिम बलमा क्याच आउट भए।

हार्दिक पान्ड्या १२ बलमा २ छक्कासहित २१ रनमा नट आउट रहे । तेस्रो विकेटका लागि हार्दिक र सुदर्शनले ३३ बलमा ८१ रनको साझेदारी गरेका थिए । चेन्नईका मथिसा पाथिरानाले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । दीपक चाहर र रविन्द्र जडेजाले समान एक विकेट लिए । तुषार देशपान्डेले ४ ओभरमा ५६ रन बनाए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.