3 years ago
May 29, 2023
एजेन्सी – भारी वर्षाको कारण इन्डियन प्रिमियर लिग (आइपिएल( २०२३ को फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल रोकिएको छ ।

उपाधि जित्न २ सय १५ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले तीन बलमा ४ रन जोड्दा खेल रोकिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा कभरले ढाकिएको छ ।
आइतबार वर्षाको कारण टस पनि हुन नसकेपछि आज फाइनल भएको हो । गुजरातको पहिलो इनिङ सकिएपछि हल्का वर्षाको कारण केहि समय खेल रोकिएको थियो । खेल सुरु भएपनि पुन रोकिएको हो । आगमी दुई घण्टासँग खेल सुरु भएमा ओभर घट्ने छैन । आगमी दुई घण्टासम्म खेल सुरु हुन नसके ओभर घट्नेछ ।
यदि पाँच ओभरको खेल भएमा चेन्नईले कुनै विकेट नगुमाई ४३ रन बनाउनु पर्ने हुन्छ । डकवर्थ लेविस पद्धतिको आधारमा नतिजा निकाल्न ५ ओभर चेन्नईले खेलेको नै हुनुपर्छ । चेन्नईले पाँच ओभरमा विकेट नगुमाउँदा ४३, एक विकेट गुमाउँदा ४८, दुई विकेट गुमाउँदा ५५ र तीन विकेट गुमाउँदा ६३ रन बनाउनु पर्ने हुन्छ । विकेट अनुसार डकवर्थ लेविस पद्धतिमा लक्ष्य भरपर्छ ।
टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । गुजरातलाई विशाल योगफलमा पुर्याउन सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९६ रनको इनिङ खेले । अनुभवी विकेटकिपर ऋद्धिमान शाहले ३९ बलमा ५ चौका र १ छक्कासहित ५४ रनमा आउट भए । चेन्नईका मथिसा पाथिरानाले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । दीपक चाहर र रविन्द्र जडेजाले समान एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]