default_image

9 years ago

January 7, 2017

चितवनमा हेटौडा सिटी कलेजको जित

157 views

0 Bookmark

राकेश तिमल्सिना
चितवन – चौथो क्याची शिव पौडेल स्मृति कपमा शनिबार हेटौँडा सिटी कलेज विजयी भएको छ । हेटौँडाले साविक उपविजेता काठमाडौँको हर्टल्याण्ड कलेजलाई २० रनले हरायो । पहिलो खेल गुमाएको हेटौँडाले सेमिफाइनल प्रवेशका लागि भोलीको खेलको नतिजा कुर्नुपर्ने भएको छ ।

chitwan
विशाल चोकको नौ बिगाहा मैदानमा १ सय ४७ रनको लक्ष्य पछ्याएको हर्टल्याण्ड २० ओभरमा १ सय २६ रनमा समेटियो । टोलीक निलेन्द्र प्रतापले ४२ र भिम सार्कीले २७ रन बनाए । बाँकी खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ हेटौँडाका सौरभ सिंह पेला, मणिराज पौडेल र रिजन ढकालले २/२ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ राजेकोे हेटौँडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४६ रन बनाएको थियो । हेटौँडाको जितमा कप्तान रविन गुरुङले ३३, सौरभ सिंह पेलाले ३० र रवि थापाले २९ रन बनाए । बलिङतर्फ हर्टल्याण्डका आशिष पोखरेल र दिनेश आग्रीले २/२ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका सौरभ सिंह पेला खेलको म्यान अफ द म्याच घोषित भए ।

क्याची एसएसपी कपमा आइतबारको खेल
वेस्टर्न क्रिकेट एकेडेमी, बुटवलविरुद्ध हर्टल्याण्ड कलेज काठमाडौँ (समूह चरणको अन्तिम खेल)
कृषि तथा वन विश्वविद्यालय, रामपुरविरुद्ध क्यापिटल कलेज, काठमाडौं (पहिलो सेमिफाइनल)

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.