3 years ago
June 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो महिला टि२० आई खेलमा मलेसियाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । केहि समय अघि सम्पन्न टसमा मलेसिया कप्तान मास एलिसाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ ।

बायाँ हाते तीव्र गतिकी बलर ईश्वरी विष्टलाई नेपाली क्रिकेट टोलीमा डेब्यू दिएको छ । नेपालले सरस्वती कुमारी चौधरीको स्थानमा ईश्वरीलाई डेब्यू दिएको हो ।
सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने ईश्वरी बायाँ हाते तीव्र गतिकी बलर हुन् । नेपालको बेन्चमा सरस्वती, अप्सरी बेगम र कृतिका मरासिनी छन् । पाँच खेलको महिला टि२० आई सिरिज १–१ को बराबरीमा छ ।
पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । नेपाल र मलेसियाबीच कुल ५ महिला टि२० आई खेल भएका छन् । नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ । चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, विन्दु रावल, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विषट र ज्याति पाण्डे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]