default_image

9 months ago

June 1, 2023

मलेसियामाथि नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियामाथि २७ रनको सहज जित हात पारेको छ । नेपालले लगातार दोस्रो जित निकालेपछि पाँच खेलको सिरिजमा २-१ को अग्रता लिएको छ । जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनायो । […]

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियामाथि २७ रनको सहज जित हात पारेको छ । नेपालले लगातार दोस्रो जित निकालेपछि पाँच खेलको सिरिजमा २-१ को अग्रता लिएको छ ।

जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन बनायो । मलेसियाको लागि महिराह इजाती इस्माली ५४ बलमा ६ चौकासहित सर्वाधिक ४४ रनमा नटआउट भएपनि टोलीको हार टार्न सकिनन् । ओपनर विनीफ्रेड आनी दुराईसिंघमले ३८ बलमा १ चौकासहित २० रन बनाइन् ।

अन्य कुनैपनि मलेसियाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान मास एलिसा २ र हामिजाह हासिम डक आउट भए ।
नेपालकी इन्दु बर्माले ३ ओभरमा ७ रन खर्चेर १ विकेट लिइन् । सीता रानामगरले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासेले १५ बलमा ३ चौका र १ छक्कासहित २७ रनको आक्रामक इनिङ खेलेकी थिइन् ।

नेपालले दोस्रो ओभरको अन्तिम बलमै ओपनर कविता कुँवरलाई २ रनमै गुमाएको थियो । मध्य गतिकी बलर निक नुरको बलमा कट खेल्ने धुनमा मिस भएपछि कविता बोल्ड हुन पुगेकी थिइन् । दोस्रो विकेटका लागि सीताराना मगर र ज्योति पाण्डेले ३५ रनको साझेदारी गरेका थिए ।

ज्योति २४ बलमा ३ चौकासहित २३ रनमा क्याच आउट भइन् । ऐश्या एलिसाको बलमा ठूलो सट खेल्ने धुनमा ज्योति क्याच आउट हुन पुगेकी थिइन् । तेस्रो विकेटका लागि सीता र इन्दुले ३२ रनको साझेदारी गरेका थिए ।

सीता ३५ बलमा २१ रन बनाउँदै क्याच आउट भइन् । इन्दु बर्माले ३० बलमा २० रन बनाइन् । रुविना १९ औं ओभरको पाँचौं बलमा रन आउट भएकी थिइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा नटआउट रहेका थिए ।

मलेसियाकी निक नुर डीनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । एलिसा फिर्दुजले २ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन् । विनफ्रिद आनीले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । नेपालले चौथो खेल शनिबार र पाँचौं खेल आइतबार खेल्नेछ ।

February 21, 2024

कचनकवल अन्तरपालिका क्रिकेटको फाइनलमा

हिमाल खरेल, बिर्तामोड कचनकवल गाउँपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई ५ विकेटले हराउँदै कचनकवल अन्तिम दुईमा पुगेको हो । पहिले ब्याटिङ राजेको मेचीनगर निर्धारित २० ओभरमा १३.२ ओभरमा अलआउट हुँदै ८९ रन बनाएको थियो । […]

February 21, 2024

एक्सपर्ट भरतपुर मेयर्स कप : नारायणीको लगातार तेस्रो जित

राकेश तिमल्सिना, रामपुर सनराइज इङलिस स्कुलले एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट लिगको समूह ‘बी’मा पहिलो जित निकालेको छ । समूह ‘ए’ मा नारायणी नमुना माविले लिगमा तेस्रो जित हात पारेको छ । सनराइजले इडन गार्डेन इङ्लिस स्कुललाई ९ विकेटले तथा नारायणीले लक्ष्मी मावि जगतपुरलाई ९४ रनले‌ हराएको हो । भरतपुर १५ स्थित निर्माणाधिन गौतम […]

February 21, 2024

नेपालको नामिबियाविरुद्ध लगातार दोस्रो हार 

काठमाडौँ (हाम्रो खेलकुद) – खराब ब्याटिङ प्रदर्शनसँगै नेपालले नामिबियाविरुद्ध आइसीसी क्रिकेट विश्वकप लिग-२ मा लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको नेपाल अफ्रिकी टोली नामिबिया विरुद्ध दोस्रो खेलमा २ विकेटले परास्त भएको हो । १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर जित हार पार्यो । नामिबियाका […]

Success

Thank you for your time.