3 years ago
June 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य मोहम्मद दाउद अन्सारीले ७ दिनभित्र ६ प्रश्नको जवाफ दिन अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र काट्दै माग गरेका छन् ।

उनले मुलपानी मैदानको स्तरउन्नतीको आयव्याय, होटल एल्लोे प्यागोडाको बिल भुक्तानी, लेविन स्पोर्ट्ससँगको बक्यौता रकम, एसिसी प्रिमियर कपको भुक्तानी, अवैधानिक सचिव, नेपाल टि२० को सेभेन स्पोर्ट्ससँगको भुक्तानी तथा कानुनी कारबाही सम्बन्धमा प्रश्न गर्दै जवाफ दिन माग गरेका छन् ।
अघिल्लो महिना नेपालले पहिलो पटक मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कप आयोजना गरेको थियो । उक्त मुलपानी मैदानको स्तरउन्नी कार्य अति आवश्यक हुँदा सन्तोकजनकपूर्वक सम्पन्न गरेको हुँदा पहल गर्ने नेतृत्व र सहयोगी साथीहरुलाई उनले धन्यावाद दिएका छन् । तर उक्त स्तरउन्नती कार्य गर्दा भएकोे खर्च विवरण भने सार्वजनिक गर्न अन्सारीले माग गरेका छन् ।
त्यस्तै क्यानले जमलमा रहेको एल्लो प्यागोडामा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । क्यानका केहि पदाधिकारी पनि त्यहाँ बस्दै आएका छन् । उक्त होटलको २०७९/८० को शीर्षक्रमा भुक्तानी भएको सम्पूर्ण बिलको पनि माग गरेका छन् ।
२०२२ अप्रिल मे मा मलेसिया र पपुवा न्युगिनी तथा जिम्बावेसँग भएको सिरिजको आयोजना अघिकार पाएको लेविन स्पोर्ट्सले प्रतियोगिता गरेवापत क्यानलाई दिनुपर्ने रकम खुलाउन माग गरेका छन् । क्यानले लेविन स्पोर्ट्सबाट कति रकम पाएको र बाँकी रकमको लागि के कस्तो पहल गरेको जानकारी दिन आग्रह गरेका छन् ।

अघिल्लो महिना काठमाडौंमा सम्पन्न एसिसी प्रिमियर कपमा विभिन्न खर्चको शीर्षक मध्य मात्रै फ्लेक्स, होर्डिङ, प्रिन्टिङ, टेन्ट र क्यान्टिनको बिल भर्पाई उपलब्ध गराउन माग गरेका छन् ।
अन्सारीले नेपाल टि२० लिगमा विवादित भारतीय सेभेन थ्री स्पोर्टसँग प्रतियोगिता बीचमै छाडेको उक्त कम्पनीले करार बोमजिम खेलाडीको म्याच फि, पुरस्कार, म्यान अफ द म्याच र क्यानको अनुमति बापत फि पूरा नभएको जनाएका छन् । उक्त रकमको लागि के कस्तो पहल भएको छ, कानुनी कारबाही अघि बढाइएको छ वा छैन जानकारी दिन माग गरेका छन् ।
दुई वर्षअघि सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका थिए । उक्त राजीनामापछि क्यानले प्रशान्त मल्ललाई कार्यवाहक सचिवको जिम्मेवारी दिएको थियो । नेपाल टि२० लिग विवादपछि प्रशान्तले उक्त पदबाट राजीनामा दिएका थिए । क्यानले त्यसपछि केन्द्रिय सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवमा नियुक्त गरेको थियो । उक्त नियुक्ती बिधान विपरित रहेको अन्सारीले बताउँदै आएका छन् ।
चन्दले नियुक्त गरेका कार्यवाहक सचिव दुर्गाराज पाठक विशेष साधरण सभामा ल्याइएको विधान संसोधनको मस्यौदाबाट पनि अवैधानिक प्रष्ट भएको उनले बताएका छन् । त्यसको वैधानिकता र विधान संसोधनको सम्पूर्ण प्रक्रिया पूर्ण भएपछि मात्रै बैधानिक हुनसक्छ । त्यसर्थ पाठकले यस अवधिमा गरेका सम्पूर्ण निर्णय तथा कार्य अवैधानिक हुन जाने देखिएकोले आफु कानुनी कारबाही लड्ने बताएका छन् ।


December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]