default_image

3 years ago

June 2, 2023

श्रीलंकामाथि अफगानिस्तानको सहज जित

274 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले युवा ओपनर इब्राहिम जद्रानको उत्कृष्ट ब्याटिङसँगै पहिलो ओडिआई खेलमा घरेलु टोली श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

जितको लागि २ सय ६९ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ४६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अफगानिस्तानको जितमा युवा ओपनर इब्राहिम जद्रानले ९८ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ९८ रनको योगदान दिए । तीव्र गतिका बलर कसुन रजिथाको बलमा ३० औं ओभरको अन्तिम बलमा डीप स्क्यायर लेगमा वकैल्पिक फिल्डर समराव्रिकमाबाट क्याच भएपछि शतक बनाउन चुकेका थिए ।

रहमात शाह ८० बलमा ३ चौकासहित ५५ रनमा आउट भए । दोस्रो विकेटका लागि जद्रान र शाहले १ सय ४६ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । कप्तान हश्मातुल्लाह शाहिदी ४७ बलमा ४ चौकासहित ३८ र ओपनर रहमानउल्लाह गुरबाज १४ रनमा आउट भए । मोहम्मद नाबी २८ बलमा ४ चौकासहित २७ र नाजिबउल्लाह जद्रान ७ रनमा नटआउट रहे ।

डेब्यू खेल खेलेका मथिसा पाथिराना ८.५ ओभरमा ६६ रन खर्चेर १ विकेट लिए । कसुन रजिथाले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । लाहिरु कुमाराको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका निर्धारित ५० ओभरमा २ सय ६८ रनमा अल आउट भएको थियो । श्रीलंकाका मध्यक्रमका बायाँ हाते ब्याटर चरिथ असलांकाले ९५ बलमा १२ चौकासहित ९१ रनमा रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । अन्तिम ओभरको पहिलो बलमा रन आउट भएपछि उनी ओडिआई करिअरको दोस्रो शतक बनाउन ९ रनले चुकेका थिए ।

धनन्जय डि सिल्भा ५९ बलमा ५ चौकासहित ५१ रनमा आउट भए । पाँचौं विकेटका लागि चरिथ र डी सिल्भाले १ सय ८ बलमा ९९ रनको साझेदारी गरेका थिए । श्रीलंकाका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर फजलहक फारुकीको बलमा अनुभवी ओपनर दिमुथ करुणारत्ने ४ रनमै एज लागेर रहमात शाहबाट क्याच आउट भएका थिए ।

लामो समयपछि ओडिआई टोलीमा फर्किएका दिमुथको सुरुवात राम्रो हुन सकेन । फारुहकीकै बलमा स्क्वायर लेगमा कुशल मेन्डिस शाहबाट ११ रनमा क्याच आउट भएका थिए । एन्जिलो म्याथ्युज १२ र दासुन शनाका १७ रनमा आउट भए । डेब्यू खेल खेलेका दासुन हेमान्था २० बलमा १ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।

अफगानिस्तानको जितमा तीव्र गतिका बलर फजलहक फारुकीले ९ ओभरमा ५८ रन खर्चेर २ विकेट लिए । फरिद अहमदले ८ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । आजमतुल्लाह ओमरजाई, मुजिब उर रहमान, नूर अहमद र मोहम्मद नाबीले समान एक विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ । श्रीलंकाले तीन सातापछि जिम्बावेमा हुने आइसिसी विश्वकप छनोट अघि उक्त खेलको सिरिज खेलेको हो ।

श्रीलंका विश्वकप छनोटमा समूह बी मा छ । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् । समूह ए मा नेपाल, जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन् । श्रीलंका उपाधिको प्रमुख दाबेदार टोली हो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.