default_image

1 year ago

June 2, 2023

क्यानले लिग-२ मा प्रत्येक जितमा खेलाडीलाई जनही २० हजार दिने

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ मा हरेक खेलको जितमा खेलाडीलाई जनही २० हजार दिने भएको छ । अघिल्लो महिना सम्पन्न क्यानको विशेष साधरण सभाले उक्त निर्णय गरेको कोषाअध्यक्ष रोशन सिंहले हाम्रो खेलकुदलाई जानकारी दिए ।

नेपालले आइसिसी विश्कप लिग २ मा ३६ खेलमा १९ खेलमा जित, १ मा टाई र १५ खेलमा हार व्यहोेरेको थियो । क्यानले टाईसँग गरि २० खेलमा जितको प्रत्येक खेलाडीलाई जनही २० हजार दिने भएको छ ।

‘हामीले लिग २ मा हरेक खेलमा जितको प्रत्येक खेलाडीलाई २० हजार दिने निर्णय गरेका छौं । २०२० देखी खेलाडीहरु टिममा आउने जाने भएका छन् । नेपालको जितमा हरेक खेलाडीले २० हजारको दरले पाउने छन् । पारस खड्का देखी शरद भेषावकर सम्मका सबै खेलाडीले उक्त रकम पाउने छन्’, सिंहले हाम्रो खेलकुदसँग भने ।

लिग–२ मा पारसले नेपालबाट ४ खेल खेलेका थिए । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमान र अमेरिकाविरुद्ध २०२० मा टियु मैदानमा खेलेका थिए । पारस खेल्दा नेपालले अमेरिकालाई दुबै खेलमा हराएको थियो । पारसले क्यानको निर्णय अनुसार ४० हजार पाउने छन् ।

यदि कुनै खेलाडी १९ जित र एक टाईमा गरि २० खेलमा खेलमा नै सहभागी छ भने उसले ४ लाख रुपैयाँ पाउनेछ । लिग २ मा खेलाडीले आफू खेल्दा जित अनुसार २० हजारको रुपैयाँले पाउने छन् ।

नेपालले जित्दा बेन्चमा रहेका टोलीका खेलाडीले पनि उक्त रकम पाउनेछन् । २० पुरै खेलमा सहभागी नेपालबाट करण केसी, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले समान ४ लाख पाउनेछन् । यी तीन खेलाडी लिग २ मा नेपालको सबै सिरिजमा सहभागी थिए । नेपालमा ओडिआई प्रत्येक खेलमा खेलाडीको म्याच फि १० हजारको रुपैयाँ छ ।

नेपालले लिग २ मा अन्तिम १२ खेलमा ११ मा जितका साथ शीर्ष तीनमा अन्त्य गरेको थियो । शीर्ष तीनमा अन्त्य गरेसँगै नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगाउनुको साथै जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो । नेपाल तीन सातापछि जिम्बावेमा हुने विश्वकप छनोटको लागि दक्षिण अफ्रिका अन्तिम तयारी गर्न पुगेको छ ।

विश्वकप छनोट १८ जुन देखि ९ जुलाई सम्म जिम्बावेमा हुनेछ । नेपाल समूह ए मा छ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका समूह ए मा छन् । श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान समूह बी मा छन् ।
समूह चरणबाट शीर्ष तीन टोली सुपर सिंक्समा पुग्नेछन् । सुपर सिक्समा समूह बी बाट आउने तीन टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.