3 years ago
June 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चौथो महिला टि२० आई खेलमा मलेसियाविरुद्ध निकै सुस्त सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपालले सुरुवाती ७ ओभर अर्थात ४२ बलमा ३ विकेट गुमाउँदै १३ रन बनाएको छ ।

पावर प्लेको फाइदा उठाउँदै आक्रामक सुरुवात गर्नुको सट्टा नेपालले निकै सुस्त गतिमा ब्याटिङ गरेको हो । नेपालले कुनैपनि चौका र छक्का प्रहार गरेको छैन ।
नेपालकी ओपनर काजोल श्रेष्ठ १३ बलमा ६ र सीता रानामगर १६ बलमा ५ रनमा आउट भइन् । ज्योति पाण्डे ६ बलमा १ रनमा आउट भइन् । कप्तान रुविना क्षेत्री बेलबासे ५ र इन्दु बर्माले २ बल खेल्दा खाता खोलेका छैनन् ।
तीव्र गतिकी बलर आश्मिना कर्माचार्यको स्थानमा अप्सरी बेगमलाई मौका दिएकोछ। पाँच खेलको सिरिजमा नेपाल २(१ ले अघि छ । पहिलो खेल गुमाएपनि त्यसपछि लगातार दुई जितका साथ नेपालले पूनरागमन गरेको थियो ।
नेपाल आजको खेलमा जितका साथ एक खेल अगावै सिरिज जित्न चाहन्छ । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । अन्तिम खेल आइतबार हुनेछ ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अप्सरी बेगम, विन्दु रावल, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विषट र ज्याति पाण्डे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]