default_image

1 year ago

June 3, 2023

नेपालमाथि मलेसियाको रोमान्चक जित

271 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल चौथो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा ओपनर विनीफ्रेड आनी दुराईसिंघमले ५२ बलमा २ चौकासहित सर्वाधिक ३८ रनको योगदान दिइन् । बलिङमा तीन महत्वपूर्ण विकेट लिएकी विनीको अलराउन्ड प्रदर्शनमा नेपाल पराजित हुन पुगेको हो ।

मलेसियाका अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । कप्तान मास एलिसा १८ बलमा १ चौकासहित १३ रनमा आउट भइन् । महिराह इजाती इस्माली २६ बलमा २ चौकासहित १६ रनमा आउट भइन् ।

मलेसियालाई जितको लागि अन्तिम ६ बलमा ४ रन चाहिँएको थियो । पहिलो बल वाइड र त्यसपछि कविता कुँवरले डट राखिन् । लगत्तै अर्को बल वाइड फ्याँलेकी थिइन् । दोस्रो बल डट राखेपछि चार बलमा दुई रन चाहिँएको थियो ।

तेस्रो बल कविताले डट राखिन् । चौथो बल पनि डट राखेपछि दुई बलमा दुई रन चाहिँएको थियो । पाँचौं बलमा एक रन लिँदै स्कोर टाई गरेकी थिइन् । अन्तिम बलमा अरियानाले चौका प्रहार गर्दै खेल जिताएकी थिइन् । अरियाना १५ बलमा १ चौकासहित १२ रनमा नट आउट भइन् ।

नेपाली कविता जोशीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिइन् । सीता रानामगरले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । उक्त रन जितको लागि पर्याप्त हुन सकेन । नेपालको मध्यक्रमकी ब्याटर तथा उपकप्तान इन्दु बर्माले ३१ बलमा ३ चौकासहित सर्वाधिक ३२ रन बनाएपनि टोलीलाई जिताउन भने सकिनन् ।

विन्दु रावल २६ बलमा १ चौकासहित २४ रनमा रन आउट भएकी थिइन् । निकै खराब सुरुवात गर्नेक्रममा नेपाल एक समय १०.४ ओभरमा ३३-५ को दयनीय अवस्थामा पुगेको थियो । उक्त अवस्थाबाट नेपाललाई विन्दु रावल र इन्दु बर्माले छैटौं विकेटका लागि ३५ रनको महत्वपूर्ण साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउँदै बलरलाई आशा जगाएका थिए ।

नेपालकी ओपनर काजोल श्रेष्ठ विनीफ्रेड आनीको बलमा अब्दुलबाट क्याच आउट भएकी थिइन् । उनले १३ बलमा ६ रन जोडिन् । उनी आउट हुँदा नेपाल ४.२ ओभरमा १०-१ को अवस्थामा थियो । लगत्तै अर्को ओभरमा ज्योति पाण्डे ६ बल खेल्दै १ रनमा रन आउट भएकी थिइन् ।

नेपाल ५.२ ओभरमा ११-२ को अवस्थामा पुगेको थियो । विनीफ्रेडकै बलमा नेपाली प्रमुख ब्याटर सीता रानामगर १६ बल खेल्दै ५ रनमा महिराह इजातीबाट क्याच भएपछि नेपाल ६.१ ओभरमा १३-३ को अवस्थामा पुगेको थियो । कप्तान रुविना क्षेत्री बेलबासे ७ बल खेल्दै शून्यमा पेभेलिएन फर्किदा नेपाल ७.५ ओभरमा १८-४ को अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि इन्दु बर्मा र सम्झना खड्काले १५ रनको साझेदारी गरेका थिए । सम्झना एेश्या एलिसाको बलमा ८ रनमा एलबीडब्लू आउट भइन् ।

नेपालकी फिनिसर कविता जोशी १३ बलमा १२ रनमा नटआउट रहिन् । मलेसियाकी विनीफ्रेड आनीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । महिराह इजाती इस्माली र एशया एलिसाले समान एक विकेट लिए ।

नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । पाँचौं तथा अन्तिम निर्णायक खेल आइतबार हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.