2 years ago
June 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियासँगको पाँचौं तथा निर्णायक खेलमा टस जितेको छ । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् ।
नेपालले चौथो खेलबाट टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर कृतिका मरासिनीलाई आजको खेलमा मौका दिएको छ । कृतिकालाई मौका दिँदा विकेटकिपर काजोल श्रेष्ठलाई नेपालले बेन्चमा राखेको छ । नेपालले अन्य परिवर्तन भने गरेको छैन । पाँच खेलको सिरिज २-२ को बराबरी अवस्थामा छ ।
नेपाल पहिलो खेलमा ५ र चौथो खेलमा ४ विकेटले पराजित भएको थियो । नेपाल दोस्रो र तेस्रो खेलमा ७ विकेट तथा २७ रनले विजयी भएको थियो । आज विजयी हुने टोलीले सिरिज पनि जित्नेछ ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अप्सरी बेगम, विन्दु रावल, कृतिका मरासिनी, सम्झना खड्का, ईश्वरी विषट र ज्याति पाण्डे ।
बेन्च : काजोल श्रेष्ठ , अश्मिना कर्माचार्य र सरस्वती कुमारी चौधरी ।
February 8, 2025
काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एकसँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]
February 7, 2025
सुमन अधिकारी,बुटवल लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो । यो जितसँग अत्तरिया समुह […]