default_image

2 years ago

June 4, 2023

रुविना सर्वोत्कृष्ट खेलाडी

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासे मलेसियासँगको पाँच टि२० आई खेलको सिरिजमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । नेपाललाई सिरिज ३-२ ले जिताउन अलराउन्ड प्रदर्शन गरेकी रुविना प्लेयर अफ द सिरिज(सर्वोत्कृष्ट) खेलाडी चुनिएकी हुन् ।

नेपालले पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै सिरिज जितेको थियो । रुविनाले पाँच खेलको सिरिजमा ८१ रन बनाउनुको साथै ५ विकेट लिएकी थिइन् ।

नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित हुन पुग्यो । नेपाल ५० रनमै अल आउट भएको थियो । उक्त खेलमा रुविनाले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिएकी थिइन् । महिला टि२० आईमा नेपालको मलेसियासँग पहिलो हार थियो ।

दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । जितको लागि ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्दा रुविनाले २१ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित इनिङ खेलेकी थिइन् । बलिङतर्फ रुविनाले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएकी थिइन् ।

तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो । उक्त खेलमा रुविनाले १५ बलमा ३ चौका र १ छक्कासहित २७ रन बनाएकी थिइन् । चौथो खेलमा भने रुविना डक आउट भएकी थिइन् । उक्त खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । रुविनाले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिएकी थिइन् । अन्तिम खेलमा मलेसियालाई तीन विकेटले हराउन रुविनाले ३० बलमा ३ चौकासहित महत्वपूर्ण २३ रन जोडेकी थिइन् ।

January 21, 2025

कुशल सम्मिलित डेजर्टको पहिलो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]

January 20, 2025

लोकेशको विष्फोटक ब्याटिङमा त्रिविको जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]

January 20, 2025

महिला पिएम कप – रुबिनाको अर्धशतकमा कोशीको जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]

Success

Thank you for your time.