default_image

2 years ago

June 4, 2023

सन्दीप दक्षिण अफ्रिका जाने, मोन्टीको भिसा अझै आएन

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागी अन्तिम तयारी गर्न दक्षिण अफ्रिका जाने भएका छन् ।

फाइल तस्विर

बलात्कार आरोपको कारण सर्वोच्च अदालतमा पेशी हुँदा उनी गत बुधबार नेपाली क्रिकेट टोलीसँग दक्षिण अफ्रिका गएका थिएनन् । तर उनको पेशी आगमी असार २९ सम्मलाई सरेपछि उनी सोमबार साँझ दक्षिण अफ्रिका जाने भएका छन् ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सोमबार साँझ दक्षिण अफ्रिका पठाउने तयारी गरेको बताएका छन् । ‘सन्दीपलाई दक्षिण अफ्रिका पठाउन भोली (सोमबार) बेलुकाको तयारी गरेका छौं । टिकटको व्यवस्थापन गर्दैछौं’, उनले भने । पाठकले सन्दीपको पेशी आगमी असार २९ सम्मलाई सरेको बताएका छन् ।

‘सन्दीपको असार २९ सम्मलाई पेशी सरि सकेको छ । भोली बेलुका जाने हामीले तयारी गरेका छौं’, उनले भने । उता नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि भिसाको कारण दक्षिण अफ्रिका टोलीसँग गएका छैनन् । अमेरिकाबाट भिसा नलागेपछि उनी भारतबाट पुन पठाएका छन् । तर हालसम्म उनको भिसा भने आएको छैन । त्यसैले उनी कहिले जाने टुङ्गो लागेको छैन ।

‘मोन्टीको भिसा प्रक्रियामा छ । सायद भोलीसम्म भिसा आउँछ होला । आज त भारतमा विदा छ’, उनले भने । नेपालले ८ जुनमा स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा वार्मअप खेल खेल्नेछन् । दक्षिण अफ्रिकामा नेपालले १० जुनमा नेदरल्यान्ड्ससँग वार्मअप खेल खेल्नेछ । त्यसपछि नेपाल जिम्बावे जानेछ ।

जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ । प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह बी बाट आउने तीन टोलीले समूह ए का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

February 10, 2025

म्याथ्यु बने ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने ब्याटर

एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]

February 10, 2025

विलियम्सनको शतकमा न्युजिल्याण्डको सानदार जित

एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]

February 10, 2025

विवेक अर्जुन ट्रफीका सर्वोत्कृष्ट खेलाडी

धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]

Success

Thank you for your time.