3 years ago
June 5, 2023
एजेन्सी – ओपनर ब्रेन्डन किंगको शतकमा वेस्टइन्डिजले पहिलो ओडिआई खेलमा घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) माथि ७ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन खेलको ओडिआई सिरिजमा वेस्टइन्डिजले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३५.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा ब्रेन्डन किंगले १ सय १२ बलमा १२ चौका र ४ छक्कासहित १ सय १२ रनको सानदार शतकीय इनिङ खेले ।
किंगको यो ओडिआई करिअरको पहिलो शतक हो । जोनसन चाल्र्स १९ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा आउट भए । शमाह्र ब्रुक्स ४४, केसी कार्टी ७ र कप्तान शाई होेपले १३ रन बनाए । युएईका जहुर खान, रोहन मुस्तफा र आयन खान अफ्जलले समान एक विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४७.१ ओभरमा २ सय २ रनमा अल आउट भएको थियो ।
युएईका १९ वर्षीय डेब्यू अलराउन्डर नासिर अलीले ५२ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५८ रनको योगदान दिए । वृत्य अरविन्द ७७ बलमा ३ चौकासहित ४०, मोहम्मद वासिम डक, अर्यांश शर्मा ५, रमिज शाहजाद १६, आसिम खान २७, रोहन मुस्तफा ७, आयन खान ९ र कार्तिक मयाप्पनले ११ रन बनाए ।
वेस्टइन्डिजका किमो पलले ७.१ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । डोमिनिक ड्रेक्स, ओडेन स्मिथ र यानिक कारियाहले समान दुई विकेट लिए । दोस्रो खेल मंगलबार र तेस्रो खेल शुक्रबार हुनेछ । विश्वकप छनोट अघि दुबै टोलीले तयारी स्वरुप यस सिरिज खेलेका हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]