3 years ago
June 5, 2023
एजेन्सी – मध्यक्रमका ब्याटर माइकल भान लिंगेनको शतकसँगै नामिबियाले दोस्रो एकदिवसीय अभ्यास खेलमा कर्नाटकमाथि ५ विकेटको सानदार जित हात पारेको छ । योसँगै पाँच खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागी ३ सय ६१ रनको विशाल विजयी लक्ष्य पछ्याएको नामिबियाले ४९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नामिबियाको जितमा माइकल भान लिंगेनले ८५ बलमा ७ चौका र ५ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेले ।
कप्तान जेरार्ड इरास्मस ६७ बलमा ८ चौका र २ छक्कासहित ९१ रनमा आउट भए । नामिबियालाई ओपनर स्टेफन बार्ड र निकोलस डेभिनले पहिलो विकेटका लागि २० ओभरमा १ सय १९ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए ।
डेभिन ६२ बलमा १० चौका र २ छक्कासहित ७० रनमा आउट भए । स्टेफन ६८ बलमा ५ चौकासहित ५७, जान फ्रेलिंक १२ र जेन ग्रीनले १० रन बनाए । कर्नाटकका विद्धथ कविरापा, शुभगं हेग्डे, विजयकुमार वैश्यक र रविकुमार सामर्थले समान एक विकेट लिए ।
त्यसअघि वानडरे क्रिकेट स्टेडियम विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्नाटकले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ६० रन बनाएको थियो । युवा ओपनर चेतन एलआरले १ सय ४७ बलमा १३ चौका र ८ छक्कासहित सर्वाधिक १ सय ६९ रनको सानदार शतकीय इनिङका बाबजुद टोलीको हारलाई जोगाउन सकेनन् ।
त्यस्तै निकिन जोसले १ सय ९ बलमा ५ चौका र २ छक्कासहित १ सय ३ रन बनाए । दोस्रो विकेटका लागि चेतन र निकिनले २ सय ५८ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफल बनाएपनि बलिङ नचल्दा पराजित हुन पुग्यो । कृष्णमुर्ती सिद्धार्थ २७ बलमा १ चौका र ६ छक्कासहित ५९ रनमा नटआउट रहे । नामिबियाका कार्ल ब्रिकेनस्टोक, बेन शिकोंगो, जेन फ्रेलिंक र जेरार्ड इरास्मसले समान एक विकेट लिए ।
भारतीय चर्चित रणजी ट्रफी टोली कर्नाटक पाँच खेलको एकदिवसीय अभ्यास सिरिजको लागि नामिबिया भ्रमणमा छ । पहिलो खेलमा कर्नाटक ९ विकेटले विजयी भएको थियो । अव तेस्रो खेल बुधबार, चौथोा खेल शुक्रबार र पाँचौं खेल आइतबार हुनेछ । विश्वकप छनोटबाट बाहिरिएपछि नामिबियाले आफ्ना खेलाडीलाई ब्यस्त राख्न उक्त सिरिज आयोजना गरेको हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]