default_image

1 year ago

June 6, 2023

मोन्टीको भिसा अझै आएन

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईको भिसा नआउँदा दक्षिण अफ्रिका भ्रमणमा जान पाएका छैनन् । नेपाली क्रिकेट टोली आइसिसी विश्वकप एकदिवसीय छनोटको लागी अन्तिम तयारी गर्न एक हप्ता अघि दक्षिण अफ्रिका जादा मोन्टी भने भिसाको कारण जान पाएका छैनन् ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले मंगलबार बिहानसम्म मोन्टीको भिसा नआएको जानकारी दिएका छन् । मोन्टीको भिसा आजसम्म आउने सम्भावना रहेको पाठकले बताए । यदि मोन्टीको भिसा आज आएमा उनलाई क्यानले आज रातीनै दक्षिण अफ्रिकातर्फ पठाउने तयारी गरेको पाठकले बताएका छन् ।

मोन्टी एसिसी प्रिमियर कपमा नेपाल च्याम्पियन बनेपछि बिदामा अमेरिका गएका थिए । उनले अमेरिकाबाट भिसाको प्रक्रिया गरेपनि त्यहाँबाट सफल हुन सकेको थिएन । त्यसपछि उनी बुधबार भारत फर्किएका थिए । भारतबाट पुन भिसा प्रक्रिया गरेपनि आउन ढिलो गरेको हो ।

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने भने आज रात साढे दुई बजेत्यसतर्फ लागेका छन् । बलात्कार आरोपको कारण सर्वोच्च अदालतमा पेशी आगमी असार २९ सम्मलाई सरेपछि उनी दक्षिण अफ्रिकातर्फ लागेका हुन् । अदालतमा पेशी हुँदा सन्दीप पनि नेपाली टोलीसँगै दक्षिण अफ्रिका जान पाएका थिएनन् । नेपालले ८ जुनमा स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा वार्मअप खेल खेल्नेछ । दक्षिण अफ्रिकामा नेपालले १० जुनमा नेदरल्यान्ड्ससँग वार्मअप खेल खेल्नेछ । त्यसपछि नेपाल जिम्बावे जानेछ ।

जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ । प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह बी बाट आउने तीन टोलीले समूह ए का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.