3 years ago
June 7, 2023
एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा इंग्ल्यान्डको द ओभलमा सुरु हुनेछ । विश्व क्रिकेटका दुई पावर हाउस उपाधि जित्ने सोचका साथ मैदान उत्रर्नेछन् ।

भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले गर्नेछन् । अष्ट्रेलियाको उत्कृष्ट ब्याटिङ आक्रामण सामु भारतीय बलरको परिक्षा हुनेछ । इंग्ल्यान्डको वातावरण मिल्दोजुल्दो हुँदा अष्ट्रेलियालाई तुलनात्मक रुपमा फाइदा मिल्नेछ । अष्ट्रेलियामा वर्तमान समयका उत्कृष्ट टेस्ट ब्याटर स्टिभ स्मिथसँगै उस्मान खवाजा, डेविड वार्नर, ट्रविस हेड र मार्नस लाबुसेन जस्ता ब्याटर छन् ।
मार्नस लाबुसेन र स्टिभ स्मिथ अष्ट्रेलिया प्रमुख हतियार हुन् । २०२१ देखी सुरु भएको दोस्रो टेस्ट च्याम्पियनसिपमा उस्मान खवाजाले १६ खेलमा १६ सय ८ रन बनाएका थिए । त्यस्तै मार्नस लाबुसेनले १९ खेलमा १५ सय ९ रन बनाएका थिए । स्मिथले १२ सय ८५ रन बनाएका थिए । हेडले १२ सय ८ रन बनाएका थिए । लाबुसेन, खवाजा र स्मिथको विकेट भारतको लागि धेरै महत्वपूर्ण हुनेछ ।

अष्ट्रेलिया युवा अलराउन्डर क्यामरन ग्रीन तल्लोक्रमका हतियार हुन् । ग्रीन राम्रो लयमा छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सबाट तीन साता अघि ४७ बलमा ८ चौका र ८ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए । ग्रीन, हेड र विकेटकिपर एलेक्स केरीले तल्लोक्रम सम्हाल्नेछन् । कप्तान प्याट कमिन्सबाट पनि अष्ट्रेलिया राम्रो ब्याटिङको अपेक्षा गर्नेछ ।
इंग्ल्यान्डमा तीव्र गतिका बलरलाई फाइदा मिल्छ । अष्ट्रेलियामा मिचेल स्टार्क, प्याट कमिन्स र स्कट बोलान्ड हुनेछन् । यी तीन तीव्र गतिका बलरको प्रदर्शनले पनि धेरै फरक पार्नेछ । स्पिन आक्रामण नाथन लायनले सम्हाल्नेछन् । अनुभवी लायन पनि आफ्नो उत्कृष्ट प्रदर्शनमा उपाधि जितान खोज्नेछन् ।

यता भारतको ओपनिङ रोहित शर्मा र शुभमन गिलले गर्ने पक्काछ । युवा ब्याटर गिल भारतको लागि नायक बन्नसक्छन् । २०१३ पछि भारतले आइसिसीको कुनैपनि प्रतियोगिता जितेको छैन । गिलले आइपिएलमा १७ खेलमा ३ शतकसहित ८ सय ९० रन बनाएका थिए । गिल तीव्र गतिको बलिङ राम्रो खेल्ने गर्दछन् ।
विराट कोहली भारतका प्रमुख ब्याटर हुन् । कोहलीको उत्कृष्ट प्रदर्शन बिना भारतको उपाधि कठिन देखिन्छ । वर्तमान समयका उत्कृष्ट ब्याटर कोहलीबाट फाइनलमा उत्कृष्ट प्रदर्शन चाहन्छ । अष्ट्रेलियाविरुद्ध कोहलीको इतिहास पनि राम्रो छ । चेतेश्वर पुजारा वर्तमान समयका टेस्टका उत्कृष्ट ब्याटर हुन् । पुजारा र कोहलीको प्रदर्शनमा भारतको योगफल धेरै निर्धारण गर्नेछ ।
पाँचौं नम्बरमा अजिंक्या रहाणे खेल्नेछन् । २०२१ पछि भारतीय टोलीमा फर्किएका रहाणे राम्रो लयमा छन् । चेन्नईलाई उपाधि जिताउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । विकेटकिपरमा ईशान किशन हुनेछन् । रविन्द्र जडेजा र रविचन्द्रन आश्विनको कारण भारतको ब्याटिङमा गहिराईछ ।

जडेजा र आश्विन स्पिन आक्रामण सम्हाल्नेछन् । भारतको तीव्र गतिको बलमा मोहम्मद शामी, मोहम्मद शिराज र उमेश यादव हुनेछन् । अनुभवी बलर शामी र राम्रो लयमा रहेका शिराजको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । आइपिएलपछि भारतीय टोली टेस्ट खेल्दैछ । टि२० शैलीबाट टेस्टमा आउन केहि कठिन पर्नसक्छ ।
भारत पहिलो संस्करणको फाइनलमा २०२१ मा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । अष्ट्रेलिया पहिलो पटक टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दैछ । अष्ट्रेलिया शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।
अष्ट्रेलियाको टोली :
प्याट कमिन्स (कप्तान), स्कट बोलान्ड, एलेक्स केरी (विकेटकिपर), क्यामरन ग्रीन, मार्कस हरिस, ट्रविस हेड, जोश इंग्लिस, उस्मान खवाजा, मार्नस लाबुसेन, नाथन लायन, टोड मर्फी, माइकल नेसेर, स्टिभ स्मिथ (उपकप्तान), मिचेल स्टार्क र डेविड वार्नर ।
भारतको टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्या रहाणे, ईशान किशन (विकेटकिपर), केएस भरत (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज, उमेश यादव र जयदेव उनादकट ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]