default_image

3 years ago

June 7, 2023

अफगानिस्तानमाथि सहज जितसँगै श्रीलंकालाई सिरिज

208 views

0 Bookmark

एजेन्सी – घरेलु टोली श्रीलंकाले तेस्रो ओडिआई खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै सिरिज उपाधि जितेको छ । योसँगै श्रीलंकाले तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको छ ।

जितको लागि १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १६ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा अनुभवी खेलाडी दिमुथ करुणारत्ने ४५ बलमा ७ चौकासहित ५६ रनमा नटआउट रहे ।

ओपनर पाथुम निसांका ३४ बलमा ८ चौका र २ छक्कासहित ५१ रनमा आउट भए । कुशल मेन्डिसन १७ बलमा १ चौकासहित ११ रनमा नटआउट रहे । अफगानिस्तानका गुलबदीन नाइबले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान २२.२ ओभरमा १ सय १६ रनमा अल आउट भएको थियो । श्रीलंकाको बलिङ आक्रामण सामु अफगानी कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अनुभवी अलराउन्डर मोहम्मद नाबीले २३ बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाए । उनी चामिराकै बलमा एलबीडब्लू आउट भएका थिए । लाहिरु कुमाराको दोस्रो ओभरको अन्तिम बलमा रहमानउल्लाह गुरबाज ८ रनमै क्याच आउट भएका थिए । त्यसपछि चामिराले पाँचौं ओभरमा रमात शाहलाई ७ र कप्तान हश्मातुल्लाह शाहिदीलाई ४ रनमा विकेटकिपर कुशल मेन्डिसबाट क्याच आउट गराउँदै खेलमा पुरै हाबी बनाएका थिए ।

इब्राहिम जद्रान २१ बलमा ४ चौकासहित २२ रनमा लाहिरु कुमाराको बलमा एलबीडब्लू आउट भएका थिए । अफगानिस्तानले लगातार विकेट गुमाउन पुग्यो । कुनैपनि ब्याटरले क्रिजमा टिकेर रन जोड्न सकेनन् । गुलबदीन नाइब २१ बलमा ४ चौकासहित २०, राशिद खान २, मुजिब उर रहमान डक र फजलहक फारुकीले ४ रनमा आउट भएका थिए ।

श्रीलंकाको जितमा दुश्मन्था चामिराले ९ ओभरमा ६३ रन खर्चेर ४ विकेट लिए । वानिन्दु हसरंगाले ४.२ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिएका थिए । लाहिरु कुमाराले २ र महेश थिक्सेनाले एक विकेट लिए । पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी हुँदा दोस्रो खेलमा १ सय ३२ रनले पराजित भएको थियो ।

श्रीलंकाले दुई सातापछि जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटअघि अफगानिस्तानसँग सिरिज खेलेको हो । उपाधि दाबेदार श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई समूह बी मा छन् । समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन् । प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.