3 years ago
June 7, 2023
एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतले अष्ट्रेलियाविरुद्ध टस जितेको छ । इंग्ल्यान्डको द ओभलमा सम्पन्न टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

भारतले आजको खेलमा चार तीव्र गतिका बलरलाई मैदान उतार्दा स्पिनरमा रविन्द्र जडेजालाई मात्रै मैदान उतारेको छ । पिच तीव्र गतिका बलर सहयोगी हुँदा भारतले चार प्रमुख तीव्र गतिका बलर खेलाउने निर्णय लिएको हो ।
भारत पहिलो संस्करणको फाइनलमा २०२१ मा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । अष्ट्रेलिया पहिलो पटक टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दैछ । अष्ट्रेलिया शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।
अष्ट्रेलियाको प्लेइङ ११ :
डेविड वार्नर, उस्मान खवाजा, मार्नस लाबुसेन, स्टिभ स्मिथ, ट्रविस हेड, क्यामरन ग्रीन, एलेक्स केरी, मिचेल स्टार्क, प्याट कमिन्स(कप्तान), नाथन लायन र स्कट बोलान्ड ।
भारतको प्लेइङ ११ : :
रोहित शर्मा (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्या रहाणे, केएस भरत(विकेटकिपर), रविन्द्र जडेजा, शार्दुल ठाकुर, उमेश यादव, मोहम्मद शामी र मोहम्मद शिराज ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]