3 years ago
June 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई दक्षिण अफ्रिकाको भिसा बुधबार दिउसो सम्म आएको छैन । नेपालले बिहीबार स्कटल्यान्डसँग अभ्यास खेल खेल्दा मुख्य प्रशिक्षक मोन्टी देशाई भने भिसाको कारण भारतमै रोकिएका छन् ।

नेपाली क्रिकेट टोली आइसिसी विश्वकप एकदिवसीय छनोटको लागी अन्तिम तयारी गर्न एक हप्ता अघि दक्षिण अफ्रिका जादा मोन्टी भने भिसाको कारण जान पाएका छैनन् ।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बुधबार दिउँसो सम्म मोन्टीको भिसा नआएको जानकारी दिएका छन् । ‘भिसा अझै आएको छैन । आज साँझ सम्म आउँछकी भन्ने आशा गरेका छौं’, उनले भने ।
नेपाली टोलीसँग सायहक प्रशिक्षकको रुपमा बसन्त शाही ठकुरी छन् । मोन्टी नहुँदा ठकुरीले नै हेर्ने छन् । क्यानका क्रिकेट म्यानेजर विनोद दास पनि टोलीसँगै दक्षिण अफ्रिका भ्रमणमा छन् । एक दुई दिनमा पनि भिसा नआएमा मोन्टी सिधैं जिम्बावे जानेछन् ।
मोन्टी एसिसी प्रिमियर कपमा नेपाल च्याम्पियन बनेपछि बिदामा अमेरिका गएका थिए । उनले अमेरिकाबाट भिसाको प्रक्रिया गरेपनि त्यहाँबाट सफल हुन सकेको थिएन । त्यसपछि उनी बुधबार भारत फर्किएका थिए । भारतबाट पुन भिसा प्रक्रिया गरेपनि आउन ढिलो गरेको हो । एक हप्ता समय हुँदा भिसा आएको छैन ।
नेपालले बिहीबार स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा वार्मअप खेल खेल्नेछ । दक्षिण अफ्रिकामा नेपालले शनिबार नेदरल्यान्ड्ससँग वार्मअप खेल खेल्नेछ । त्यसपछि नेपाल आइतबार जिम्बावे जाने कार्यक्रम छ ।
जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ । प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।
हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह बी बाट आउने तीन टोलीले समूह ए का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]