default_image

1 year ago

June 7, 2023

स्मिथ र हेड सामु भारत निरिह

156 views

0 Bookmark

एजेन्सी – उपकप्तान स्टिभ स्मिथ र ट्रविस हेडको सानदार ब्याटिङसँगै अष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतविरुद्ध पहिलो दिननै विशाल योगफलको आधार तय गरेको छ ।

इंग्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ८५ ओभरमा ३ विकेट गुमाउँदै ३ सय २७ रन बनाउँदा पहिलो दिनको खेल सकिएको छ । अष्ट्रेलियाका मध्यक्रमका ब्याटर ट्रविस हेड १ सय ५६ बलमा २२ चौका र १ छक्कासहित १ सय ४६ रनमा नटआउट छन् । हेडले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा शतक हान्ने पहिलो खेलाडी बन्ने दुर्लभ इतिहास रचेका छन् ।

पहिलो संस्करणको २०२१ को फाइनलमा भारतविरुद्ध न्युजिल्यान्डका डेभन कन्वेले ५४ र केन विलियम्सनले ५२ रन बनाएका थिए । हेडले १ सय ६ बलमा आफ्नो टेस्ट करिअरको छैटौं शतक पूरा गरेका थिए ।

वर्तमान समयका विश्व क्रिकेटकै एक उत्कृष्ट ब्याटर स्टिभ स्मिथ २ सय २७ बलमा ९५ रनमा नटआउट छन् । उनले अर्को एण्डबाट हेडलाई उत्कृष्ट साथ दिएका छन् । हेड आक्रामक रुपमा प्रस्तुत हुँदा स्मिथ संयमितका साथ भारतलाई दबाबमा राखेका छन् । स्मिथ आफ्नो टेस्ट करिअरको ३१ औं शतक गर्न मात्रै पाँच रन टाढा छन् ।

अष्ट्रेलियाको सुरुवात भने केहि कमजोर रहेको थियो । एक समय २४.१ ओभरमा ७६-३ को अवस्थामा पुगेको अष्ट्रेलियालाई चौथो विकेटका लागि स्मिथ स्मिथ र हेडले २ सय ५१ रनको नटआउट दोहोरो शतकीय साझेदारी गरेपछि भारत निरिह बन्न पुगेको हो ।

तीव्र गतिका बलर मोहम्मद शिराजले उच्च लयमा रहेका ओपनर उस्मान खवाजालाई शून्यमा आउट गर्दै भारतलाई राम्रो सुरुवात दिलाएका थिए । खवाजा चौथो ओभरको चौथो बलमा एज लागेर विकेटकिपर केएस भरतबाट समातिन पुगे । दोस्रो विकेटका लागि मार्नस लाबुसेन र डेविड वार्नरले ६९ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

पहिलो दिन भोजन अघि डेविड वार्नर ६० बलमा ८ चौकासहित ४३ रनमा आउट हुन पुगे । वार्नर तीव्र गतिका बलर शार्दुल ठाकुरको बलमा एज लागेर विकेटकिपर भरतबाट नै समातिएका थिए ।

भोजन लगत्तै मार्नस लाबुसेन मोहम्मद शामीको बलमा २६ रनमा बोल्ड भएपछि अष्ट्रेलिया ७६-३ को अवस्थामा पुगेको थियो । लाबुसेनले ६२ बलमा ३ चौका प्रहार गरे । त्यसपछि भने भारतले विकेट लिन सकेन । दोस्रो दिन खेल दिउँसो ३: १५ देखि सुरु हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.