3 years ago
June 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अघि वार्मअप खेलमा आज स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ ः ४५ मा दक्षिण अफ्रिकामा सुरु हुनेछ।

अन्तिम तयारीको लागि नेपाल दक्षिण अफ्रिकामा छ । वार्मअप खेल हुँदा नेपालले आफ्ना ब्याटर र बलर दुबैलाई राम्रोसँग प्रयोग गर्नसक्छ । टोलीमा भएका १६ जना मध्य नेपालले ११ भित्र कुनैपनि खेलाडीलाई ब्याटिङ गराउन सक्छ । बलिङ पनि नेपालले टोलीमा भएका कुनैपनि खेलाडीलाई गराउन सक्छ । यो वार्मअप खेल हुँदा कुनैपनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन् । अभ्यास खेलको रुपमा मात्रै हुनेछ ।
जिम्बावेमा दुई सातापछि हुने विश्वकप छनोट अघि नेपाल राम्रो लय समाउन चाहन्छ । नेपालले फागुनमा आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डसँग दुबै खेल जितेको थियो । त्यसअघि विदेशी भूमिका नेपालले खेलेका चार मध्य तीन खेल स्कटल्यान्डसँग हारेको थियो ।
वार्मअप खेल विदेशी भूमिका नेपालको कमजोरी पत्ता लगाउने हुनेछ । पछिल्लो समया सानदार प्रदर्शन गरेको नेपालको मनोबल पनि उच्चछ । नेपालले पछिल्ला १७ मध्य १६ अन्तर्राष्ट्रिय खेल जितेको छ । लिग २ मा १२ मध्य ११ खेल जितका साथ विश्वकप छनोट खेल्न लागेको हो । नेपाल टियुको उच्च मनोबल दक्षिण अफ्रिका हुँदै जिम्बावे लैजान चाहन्छ ।

नेपालले आजको खेलमा अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, किशोर महतो र प्रतिश जि.सीलाई बढी मौका दिनसक्छ । नेपाली खेलाडीलाई त्यहाँको वातावरण बुझ्नो राम्रो अवसर हुनेछ । कप्तान रोहित पौडेल, आसिफ शेख र भीम सार्की नेपालका भरपर्दा ब्याटर हुन् ।
नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कपमा दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राखेको थियो । दीपेन्द्रलाई आज मौका दिनसक्छ । टोलीमा फर्किने दीपेन्द्रलाई यो राम्रो अवसर हुनसक्छ । सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, गुलशन झा र ललित मध्य नेपालले दुई बललाई आजको खेलमा विश्राम दिनसक्छ ।
उता स्कटल्यान्ड लिग २ विजेता टोली हो । स्कटल्यान्डको वातावरण मिल्दोजुल्दो छ । त्यसैको कारण नेपालमाथि हाबी हुनसक्छ । जर्ज मुन्शे, म्याथ्यु क्रस र माइकल लिस्क प्रमुख ब्याटर हुन् । लिस्कले नेपालविरुद्ध टियुमा आक्रामक शतक हानेका थिए ।
शफ्यान शरिफ र क्रिस सोले प्रमुख तीव्र गतिका बलर हुन् । स्कटल्यान्डको स्पिन आक्रामण मजबुत छ । मार्क वाट र हम्जा ताहिरको जोडी घातक बन्न सक्छन् । यो अभ्यास खेल हुँदा नेपाल बिना दबाब खुलेर खेल्ने देखिन्छ । विश्वकप छनोट अघि आफ्नो उत्कृष्ट प्लेइङ ११ खोज्नेछ । नेपालले दोस्रो अभ्यास खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
स्कटल्यान्डको टोली :
रिची बेंरिंगटन (कप्तान), म्याथ्यु क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रेभ्स, ज्याक जार्विस, माइकल लिस्क, टोम्स मार्किनटस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलन, जर्ज मुन्शे, एड्रियन नील, शफ्यान शरिफ, क्रिस सोल, हम्जा ताहिर र मार्क वाट ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]