default_image

2 years ago

June 8, 2023

मोन्टी दक्षिण अफ्रिकातर्फ प्रस्थान

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई बिहीबार बिहान दक्षिण अफ्रिकातर्फ प्रस्थान गरेका छन् । भिसाको कारण भारतमा रोकिएका मोन्टी बिहीबार बिहाननै दक्षिण अफ्रिकातर्फ लागेका हुन् ।

‘बुधबार साँझ मोन्टीको भिसा आएको थियो । बिहीबार बिहान ४ बजेनै दक्षिण अफ्रिकातर्फ प्रस्थान गरेका छन् । आज साँझ सम्म त्यहाँ पुग्नेछन्’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले हाम्रो खेलकुदसँग भने ।

नेपालले बिहीबार स्कटल्यान्डसँग अभ्यास खेल खेल्दैछ । नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा सुरु हुनेछ । मोन्टी एसिसी प्रिमियर कपमा नेपाल च्याम्पियन बनेपछि बिदामा अमेरिका गएका थिए ।

उनले अमेरिकाबाट उनको भिसा रिजेक्ट भएको थियो । त्यसपछि उनी बुधबार भारत फर्किएका थिए । भारतबाट पुन भिसा प्रक्रिया गरेपनि केहि ढिलो गर्दा नेपाली टोलीसँगै जान पाएका थिएनन् ।

दक्षिण अफ्रिकामा नेपालले शनिबार नेदरल्यान्ड्ससँग वार्मअप खेल खेल्नेछ । त्यसपछि नेपाल आइतबार जिम्बावे जाने कार्यक्रम छ । जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ ।

प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह बी बाट आउने तीन टोलीले समूह ए का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

January 18, 2025

कुशल सम्मिलित डेजर्टको लगातार चौथो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]

January 18, 2025

रुपन्देही सुपर लिग – ‘ए’ डिभिजनमा वेष्टर्न विजयी सुरुवात

सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेल सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलह भएका थिए । नेपाल सुपर लिग(एनपिएल) का कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेल पछि सरेको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार सुरु भएको ‘ए’ डिभिजनको […]

January 18, 2025

महिला पिएम कप – लुम्बिनीले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) –लुम्बिनी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु […]

Success

Thank you for your time.