default_image

3 years ago

June 8, 2023

कर्णालीको क्रिकेट पीडा: टोली छ, मैदान छैन

489 views

0 Bookmark

भूपेन्द्र जि.सी./काठमाडौं

क्रिकेट विकास गर्न मैदान पहिलो मेरुद्दण्ड हो । राम्रो क्रिकेट मैदान विना कुनैपनि टोलीले विकास गर्न कठिन पर्दछ । विश्वका जतिपनि क्रिकेटमा विकास गरेका देश र टोलीहरु छन्, त्यहाँ राम्रो क्रिकेट मैदान छन् । नेपालमा टियुलाई छाड्ने हो भने अर्को स्तरिय अन्तर्राष्ट्रिय मैदान छैन ।

पछिल्लो समय नेपालले मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कप आयोजना गरेको थियो । नेपालको जिल्ला र प्रदेशमा मैदान छन् । तर खेल्न स्तरिय भएका विरलै भेटिन्छन् ।

कर्णाली प्रदेश पहाड र भैगालिक विकटताको कारण विकासका कुरामा हरेक क्षेत्रमा पछि । नेपाली क्रिकेटमा पनि कर्णाली भन्दा धेरैको नजरमा कमजोर टोलीको रुपमा लिइन्छ । तर खेलाडीको दिनरातको कडा मिहिनेतको कारण कर्णाली क्रिकेट भने फेरिदै गएको छ ।

क्रिकेट खेल्ने एउटा पनि मैदान नभएको कर्णाली प्रदेश टोली जनकपुरमा जारी प्रथम महेन्द्र नारायण निधि टि२० क्रिकेट प्रतियोगिता फाइनलमा पुग्दै इतिहास रचेको छ । ७ प्रदेश सहभागी प्रतियोगिता कर्णालीले १० अंकका साथ शीर्ष स्थानमा रहँदै आफ्नो इतिहासमै पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको हो ।

यसअघि कर्णालीको कुनैपनि सिनियर टोलीले राष्ट्रिय स्तरको प्रतियोगितामा फाइनलमा स्थान बनाउन सकेको थिएन । यू-१९ महिला टोलीले भने गतवर्ष धनगढीमा सम्पन्न यू१९ राष्ट्रिय प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको थियो ।

रविन्द्रजंग शाहीको कप्तानीमा रहेको कर्णालीले जनकपुरमा इतिहास रच्न सफल भयो । पहिलो खेलमा गण्डकीसँग ४५ रनमा अल आउट भएको कर्णालीले त्यसपछि बाँकी सबै पाँच प्रदेशलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । बिडम्बना त्यहिँ कर्णालीमा एउटा पनि क्रिकेट मैदान छैन । खेलाडीको मिहिनेत र क्षमताले फाइनल सम्म यात्रा तय गरेको छ ।

सुर्खेतमा भएको एउटा सामान्य कालिन्चोक मैदानमा कर्णालीका खेलाडी अभ्यास गर्नुपर्ने अवस्था थियो । तर त्यो पनि भत्काए खेल्न योग्य छैन । त्यसैले खेलाडी एकेडेमीमा मात्रै प्रशिक्षणमा भरपमा पर्दै आएका छन् । ऐतिहासिक फाइनलमा पुग्दा खेलाडीमा खुसी भन्दा बढी निराशा र चिन्ता देखिन्छ । कर्णालीमा क्रिकेट विकास गर्न मैदान अनिवार्य रहेको कप्तान रविन्द्रजंग शाही बताउँछन् ।

‘कर्णालीको एकदमै विकटछ । यो स्तरको पाए त हामीले धेरै राम्रो खेल्थ्यौ होला । त्यहाँ मैदान नै छैन । फुटबल र क्रिकेट खेल्न कुनैपनि मैदान छैन । फुटबलको लागि अहिले निर्माणधिन छ । क्रिकेटको लागि त मैदान छदै छैन’, रविन्द्रले निराश हुँदै भने । त्यसैमा उनले थपे, ‘त्यो पुरानो मैदान अहिले छदै छैन । के-के गर्नी भनेर बजेट आउँछ । दोजर लगायो । अहिले त केहिपनि छैन । अहिले कर्णालीमा क्रिकेट शून्य छ ।’

क्रिकेट विकासको लागि ग्रास रुट मजबुत हुनुपर्छ । तर नेपालमा सिनियर टोलीमा रहेका खेलाडीलाई छाड्ने हो भने अन्यको अवस्था निकै दयनीय छ । ग्रासरुटमा क्यानले लगानी नै गर्न सकेको छैन । जिल्ला र प्रदेश पनि काम भन्दा नाममै बढी सिमित छन् । क्यानले प्रधानमन्त्री कप हुँदा छनोटको लागि पठाउने बजेटले नै उनीहरुले प्रतियोगिता गर्दै आएका छन् ।

कर्णालीमात्रै होईन नेपालका सबै प्रदेशको अवस्था उस्तै छ । रविन्द्र ग्रास रुटमा विकास विना कर्णाली माथि उठ्न नसक्ने बताउँछन् ।

‘कर्णालीमा बोेर्डले क्रिकेट खेलाएर विकास भएको होईन । कर्णालीमा खेल नै हुँदैन । यो सबै खेलाडीको मिहिनेत हो । वर्षमा एक पटक क्यानले छनोटको लागि पैसा पठाउँछ । त्यसलाई जिल्ला र प्रदेशले गराएको भन्न मिल्दैन । एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्नुपर्ने हुन्छ । छनोट २० ओभरको खेल्नुपर्छ । त्यसैले क्रिकेट विकास हुन सक्दैन । यस पटक कर्णालीले राम्रो गर्नुको अर्को कारण टि२० प्रतियोगिता हुनु पनि हो’, उनले भने ।

प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता कर्णालीले २०१८ देखी खेल्दै आएको छ । पछिल्ला दुई वर्षमा भने कर्णालीको प्रभाव धेरै राम्रो छ । विभागीय टोलीलाई नै कर्णालीले कडा चुनौती दिँदै आएको छ । तर २० ओभरको छनोट खेलेर ५० ओभरको राष्ट्रिय प्रतियोगिता खेल्दा नतिजा राम्रो हुन सक्दैन ।

‘संघले क्रिकेट विकास गर्न मुख्य त मैदान नै बनाउनु पर्छ । राष्ट्रिय प्रतियोगिता खेल्न आउने प्रदेशको टोली छ । तर त्यो टोली खेल्ने क्रिकेट मैदान नै छैन । बाहिर एकेडेमीमा बसेर खेल्दा कर्णालीको टिम राम्रो होला । तर क्रिकेट विकास हुँदैन । त्यो माहोल संघले गराउनुपर्छ’, रविन्द्रले भने ।

‘एकदिवसीय खेल्न आउनुपर्छ । जहाँ ढुङ्गा भएको मैदानमा खेल्नुपर्छ । त्यो पनि २० ओभरको छनोट खेल्नुपर्छ । सायद ५० ओभरको प्रतियोगिता भएको भए यो नतिजा नआउन सक्थ्यो । जितेपछि चौतर्फी चर्चा र हाम्रो कर्णाली भन्ने हुन्छ । नतिजा नआउँदा खेलाडीलाई कुनै वास्ता नगर्ने हुनु भएन । जवसम्म संघले खेलाडीमा लगानी गर्दैन तव सम्म नतिजा आउँदैन । संघको खेल्न पठाउने मात्रै कर्तव्य होईन । मुख्य कर्तव्य खेलाडीलाई व्यस्त पनि राख्ने हो’, उनले भने ।

कर्णाली पहिलो खेलमा गण्डकी प्रदेशसँग १ सय ४१ रनको विजयी लक्ष्य पछ्याउनेक्रमा ४५ रनमै अल आउट भएको थियो । त्यो अवस्थाबाट भने सानदार पूनरागमन गर्यो । कर्णालीले सुदूरपश्चिमलाई २६ रन, मधेशलाई एक विकेट, कोशी प्रदेशलाई ७ रन र बागमती प्रदेशलाई ३ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । नेपाली टोलीमा प्रमुख खेलाडी नहुँदा र विभागीय टोली नहँुदा पनि कर्णालीलाई इतिहास रच्न सहज भएको थियो ।

नेपालको यू-१९ टोलीबाट खेलि सकेका कर्णालीका कर्णधार रविन्द्रले यस पटक कप्तानीमा पनि राम्रो प्रभाव जमाएका छन् । तल्लोक्रममा खेल्ने दीपेन्द्र रावतलाई ओपनरमा मैदान उतार्दै सफल भएका छन् । दीपेन्द्र यसअघि स्पिनरको रुपमा खेल्दै आएका थिए । खेलको अवस्था अनुसार आफ्नो प्लेइङ ११ तय गर्दै रणनीति बनाएका छन् ।

रविन्द्र खेलाडी भन्दा पनि टिमलाई अघि राखेर खेलाएको बताउँछन् । ‘यसअघि खेलेका खेलको अनुभवले हामी खेलाडी भन्दा पनि टिमलाई अघि राखेका छौं । दिवान पुन एक खेलमा बाहिर बस्यो । दीनेश अधिकारी पनि एक खेलमा बाहिर रह्यो । टिम सन्तुलन अनुसार खेलाएका छौं । यस पटक मेरो निर्णयलाई प्रशिक्षकले पनि साथ दिनु भएको छ’, उनले भने ।

सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्री केसी पनि मैदान प्रमुख सस्मया भएको बताउँछन् । ‘कर्णालीको मुख्य समस्या नै मैदानको हो । हामीले कुनैपनि प्रतियोगिता आयोजना गर्न धेरै सोच्नुपर्छ । किनभने हामीसँग मैदान नै छैन । मैदान नहुँदा पनि हामीले प्रदेश छनोट गरेर खेलाडी छनोट गर्दै आएका छौं । अहिले सफलतासँगै सम्बन्धित निकायले मैदान निर्माणमा सोच्न र्पे बाध्य हुनेछ । हामी त्यसको लागि बारम्बार पहल गर्दै आएका छौं’, केसीले भने ।

५० ओभरको खेल्न २० ओभरको छनोट गर्नुपर्ने मैदानकै समस्याको कारण भएको केसी बताउँछन् । ‘हामीले मैदानकै कारण ५० ओभरको खेल गराउन नसकेको हो । किनकी एउटा मात्रै मैदानमा ५० ओभरको खेल गराउँदा लामो समय लाग्ने हुँदा हामीले २५ देखी ३५ ओभरको गराउँदै आएका छौं । आगमी दिनमा यसमा हामीले ध्यान दिनेछौं’, उनले भने ।

यता क्यानका केन्द्रिय सदस्य समेत रहेका कर्णालीका संयोजक पदम खड्काले राज्यले नसोचेसम्म कठिन हुने बताउँछन् । ‘राज्यले नसोचेसम्म एउटा ब्यक्तिले कति नै गर्नसक्छ र । वडा नम्बर ९ मा एउटा जग्गा लिएर कर्णाली खेलकुद परिषद्ले अघि बढाएको छ’, खड्काले भने ।

‘हामी एउटा मैदान नहुँदा पनि अस्थायी, कच्ची, धुलो उड्नेमा खेलेर यति राम्रो प्रदर्शन गरेका छन् । सरकारले मैदान बनाए कर्णालीबाट अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुनसक्ने धेरै सम्भावनाछ । मैदान भएपछि हामीले कोहलपुर र लहमीमा लिएर पनि खेलाएका छौं । अहिलेको प्रदर्शनले कर्णाली प्रदेश सरकारलाई राम्रो सम्भावना रहेको दबाब परेको छ । कान्छो प्रदेशमात्रै नभएर अव फुटबलपछिको क्रिकेट उर्भर भूमि हो भनेर लगानी गर्नुपर्छ’, उनले भने ।

सरकारले नेपालले राम्रो गरेपछि खेलाडीलाई सम्मान गर्न हतार गर्छ । तर खेलाडीलाई सम्मान गर्न भन्दापनि त्यस्ता खेलाडी उत्पादन गर्ने आधार निर्माण गर्न सक्नुपर्छ । जसले गर्दा एउटा होइन सयौं खेलाडी आउने वातावरण बनाइदिनुपर्छ । त्यसो हुँदा प्रदेशको नाम पनि आफैं आउँछ ।

कर्णालीको टोली युवा छ । यो टोलीलाई राम्रोसँग लगानी र खेल्नी वातावरण मिलाउने हो भने कर्णाली मात्रै नभएर समग्र नेपाली क्रिकेट विकाशमा ठूलो योगदान दिनसक्छ । त्यसको लागी सबैभन्दा पहिला कर्णालीमा खेल्न योग्य मैदान हुनुपर्छ । मैदान निमार्णमा सम्बन्धित निकाय गम्भीर रुपमा लाग्न सक्नुपर्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.