default_image

1 year ago

June 8, 2023

नेपाल र स्कटल्यान्डबीचको खेल केहि ढिलो सुरु हुने, लाइभको सम्भावना

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी एकदिवसीय विश्वकप छनोट अघि वार्मअप खेलमा नेपाल र स्कटल्यान्डबीचको खेल केहि ढिलो सुरु हुने भएको छ । खेल नेपाली समय अनुसार दिउँसो १: १५ मा सुरु हुने खेल तालिका थियो । तर प्राधाविधिक कारण केहि ढिलो सुरु हुने नेपाली क्रिकेट टोलीका म्यानेजर श्री केसीले जानकारी दिएका छन् ।

अव खेल दिउँसो १: ४५ मा सुरु हुने केसीले जानकारी दिए । त्यस्तै केसीले नेपाल क्रिकेट संघ(क्यान) को फेसबुक पेजबाट खेलको लाइभ (प्रत्यक्ष प्रसारण) गर्ने तयारी गरि रहेको पनि बताएका छन् ।

अन्तिम तयारीको लागि नेपाल दक्षिण अफ्रिकामा छ । वार्मअप खेल हुँदा नेपालले आफ्ना ब्याटर र बलर दुबैलाई राम्रोसँग प्रयोग गर्नसक्छ । टोलीमा भएका १६ जना मध्य नेपालले ११ भित्र कुनैपनि खेलाडीलाई ब्याटिङ गराउन सक्छ । बलिङ पनि नेपालले टोलीमा भएका कुनैपनि खेलाडीलाई गराउन सक्छ । यो वार्मअप खेल हुँदा कुनैपनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन् । अभ्यास खेलको रुपमा मात्रै हुनेछ ।

जिम्बावेमा दुई सातापछि हुने विश्वकप छनोट अघि नेपाल राम्रो लय समाउन चाहन्छ । नेपालले फागुनमा आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डसँग दुबै खेल जितेको थियो । त्यसअघि विदेशी भूमिका नेपालले खेलेका चार मध्य तीन खेल स्कटल्यान्डसँग हारेको थियो ।

वार्मअप खेल विदेशी भूमिका नेपालको कमजोरी पत्ता लगाउने हुनेछ । पछिल्लो समया सानदार प्रदर्शन गरेको नेपालको मनोबल पनि उच्चछ । नेपालले पछिल्ला १७ मध्य १६ अन्तर्राष्ट्रिय खेल जितेको छ । लिग २ मा १२ मध्य ११ खेल जितका साथ विश्वकप छनोट खेल्न लागेको हो । नेपाल टियुको उच्च मनोबल दक्षिण अफ्रिका हुँदै जिम्बावे लैजान चाहन्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.