2 years ago
June 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो पहिलो एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३६ रनको सामान्य लक्ष्य दिएकोछ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २८.५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो ।
नेपालका लागि कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३७ रनको योगदान दिए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका ओपनर आसिफ शेख ३६ बलमा ५ चौकासहित २८ रनमा आउट भए । अर्का ओपनर कुशल भुर्तेल २४ बलमा २ चौकासहित १६ रन बनाउँदै क्याच आउट भएका थिए । कुशल तीव्र गतिका बलर शफ्यान शरिफको बलमा स्लिपमा जर्ज मुन्शेबाट क्याच आउट हुन पुगेका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ८.१ ओभरमा ३६ रनको साझेदारी गरेका थिए ।
तेस्रो नम्बरमा आएका भीम सार्की १० बलमा १ चौकासहित ८ रनमा क्याच आउट हुन पुगे । भीम एड्रियन निलको बलमा मुन्शेबाट क्याच आउट भए ।
१४ औं ओभरको पहिलो बलमा ज्याक जार्विसले आसिफलाई बोल्ड आउट गरे । लगत्तै अर्को बलमा कप्तान रोहित पौडेल गोल्डेन डक आउट भएका थिए । ज्ञानेन्द्र मल्ल १७ बलमा ७ रन बनाउँदै क्याच आउट भए ।
कुशल मल्ल ज्याक जार्विसको २१ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर क्याच आउट भएका हुन् । दीपेन्द्रसिंह ऐरी एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट १३ रनमा क्याच आउट भए । सोमपाल कामी ३, गुलशन झा र आरिफ शेख समान ५ रनमा आउट भए । करण केसी ४ रनमा नटआउट रहे ।
स्कटल्यान्डका ब्रेन्डन म्याकुमलनले ५ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । ज्याक जार्विसले ३ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । शफ्यान शरिफले दुई, निल र हम्जा ताहिरले समान एक विकेट लिए ।
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। सिमाना केसीले […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- महिला यु १९ टि ट्वान्टी विश्व कपका सहभागी टोलीबिचको अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजबाट जितका लागि १ सय १० रनको लक्ष्य पाएको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको हाे। वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक […]
January 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]