4 months ago
June 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पहिलो पहिलो एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २९ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको छ । स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन ५७ बलमा ४ चौका र १ छक्कासहित ४३ रनमा नटआउट रहे । ब्रेन्डन म्याकमुलन ७२ […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पहिलो पहिलो एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २९ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको छ ।
स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन ५७ बलमा ४ चौका र १ छक्कासहित ४३ रनमा नटआउट रहे । ब्रेन्डन म्याकमुलन ७२ बलमा ४ चौका र २ छक्कासहित ५९ रनमा नटआउट रहे ।
चौथो विकेटका लागि बेरिंग्टन र म्याकमुलनले १ सय २ रनको अविजित साझेदारी गरेका थिए । म्याथ्यु क्रस ७ र जर्ज मुन्शे डक आउट भए । नेपालका गुलशन झाले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा २५ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २८.५ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो । नेपालका युवा बायाँ हाते अलराउन्डर कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३७ रनको योगदान दिए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका ओपनर आसिफ शेख ३६ बलमा ५ चौकासहित २८ रनमा आउट भए । अर्का ओपनर कुशल भुर्तेल २४ बलमा २ चौकासहित १६ रन बनाउँदै क्याच आउट भएका थिए । कुशल तीव्र गतिका बलर शफ्यान शरिफको बलमा स्लिपमा जर्ज मुन्शेबाट क्याच आउट हुन पुगेका थिए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ८.१ ओभरमा ३६ रनको साझेदारी गर्दै औसत सुरुवात दिलाएका थिए । कुशल आउट भएपछि नेपालले लगातार विकेट गुमायो ।
भीम सार्की १० बलमा १ चौकासहित ८ रनमा आउट भए । १४ औं ओभरको पहिलो बलमा ज्याक जार्विसले आसिफलाई बोल्ड आउट गरे । लगत्तै अर्को बलमा कप्तान रोहित पौडेल गोल्डेन डक आउट भएका थिए । रोहित आउट भएपछि नेपाल समस्यामा परेको थियो । रोहित आउट हुँदा नेपाल १३.२ ओभरमा ५८-४ को अवस्थामा थियो ।
ज्ञानेन्द्र मल्ल १७ बलमा ७ रन बनाउँदै क्याच आउट भए । ज्ञानेन्द्र आउट हुँदा नेपाल १५. ३ ओभरमा ७०-५ को अवस्थामा थियो । छैटौं विकेटका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले ४३ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काउने सम्भावना देखाएका थिए ।
टोलीले पाँच विकेट गुमाएपनि कुशल ठूला सटका साथ स्कटल्यान्डलाई दबाबमा राख्दै नेपाललाई राम्रो योगफलको सम्भावना देखाएका थिए । कुशल मल्ल ज्याक जार्विसको २१ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर क्याच आउट भएका हुन् । दीपेन्द्रसिंह ऐरी एज लागेर विकेटकिपर म्याथ्यु क्रसबाट १३ रनमा क्याच आउट भए । सोमपाल कामी ३, गुलशन झा र आरिफ शेख समान ५ रनमा आउट भए । करण केसी ४ रनमा नटआउट रहे ।
स्कटल्यान्डका ब्रेन्डन म्याकुमलनले ५ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । ज्याक जार्विसले ३ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । शफ्यान शरिफले दुई, निल र हम्जा ताहिरले समान एक विकेट लिए ।
नेपाल दुई सातापछि जिम्बावे हुने आइसिसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा गएको हो । नेपालले दक्षिण अफ्रिकामा अन्तिम अभ्यास खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि नेपाल जिम्बावे लाग्नेछ । जिम्बावेमा नेपालले आइसिसीले प्रदान गर्ने दुई अभ्यास खेल खेल्नेछ ।
नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप खेल खेल्नेछ । प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।
नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ (जुन २०) मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ (जुन २२) मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ (जुन २४) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
October 4, 2023
एजेन्सी – १३ औं संस्करणको विश्वकप क्रिकेट बिहीबार देखी भारतमा सुरु हुँदैछ । १० सहभागी प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ । विश्वकप कुनैपनि खेलाडीले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता हो । हरेक खेलाडीको सपना आफ्नो देशबाट विश्वकप खेल्ने हुन्छ । प्रमुख देशका खेलाडीको मुख्य उदेश्य आफ्नो उत्कृष्ट प्रदर्शनमा उपाधि हुनेछ । कुनैपनि खेलाडीको प्रदर्शन खेल […]
October 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर देव खनालको कप्तानीमा नेपालले एसिसी यू–१९ प्रिमियर कप खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । प्रतियोगिता अक्टोबर १२ देखी २४ सम्म मलेसियामा हुनेछ । १६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा हुने यू१९ एसिया कप खेल्न पाउनेछ । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । […]
October 4, 2023
एजेन्सी – बंगलादेशले चीनमा जारी १९ औं एसियाली खेलकुद(एसियाड) को क्वाटरफाइनल खेलमा मलेसियालाई दुई रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । जितको लागि अन्तिम ओभरमा पाँच रन बनाउन नसक्दा मलेसिया इतिहास रच्नबाट चुकेको हो । जितको लागि १सय १७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनायो । […]