2 years ago
June 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लिटल फ्लावर प्रिमियर लिग (एलपीएल ) मा सिनियर क्रिकेट प्रतियोगिताको तयारी सुरु भएको छ । धनगढीमा हुने उक्त प्रतियोगितामा आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगिताको तयारी सुरु भएको जानकारी दिएको छ ।

तयारी स्वरुप प्रतियोगितामा सहभागी हुन चाहने टिमहरुको लागि दर्ता खुला गरिएको छ। प्रतियोगिता कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ।तिहार लगत्तै प्रतियोगिता आयोजना गर्ने गरि आयोजक तयारीमा जुटेको अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिएका छन् ।
प्रतियोगिताका सात संस्करण विद्यालय स्तरीय प्रतियोगिताको रुपमा सम्पन्न भएको थियो । तर यस पटक देखि एलपीएल सिनियर (खुला) प्रतियोगिताको रुपमा संचालन गर्न लागिएको शाहीले जानकारी दिए ।
देशभरबाट १६ क्रिकेट एकेडेमी, कलेज र आफ्नै क्रिकेट टिम भएका विद्यालयहरुले प्रतियोगिता खेल्न पाउनेछन् । प्रतियोगिता विजेता टोलीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेता टोलीले १ लाख २८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याटरले समान १० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता यदीयमान खेलाडीले नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार पाँच सय प्रदान गरिनेछ । प्रत्येक टिमले आफ्नो टिममा नेपालका राष्ट्रिय खेलाडी राख्न पाउनेछन् ।
प्रतियोगितामा सहभागी टिमहरुमध्येबाट सबैभन्दा अनुसाशीत टिमलाई फेयर प्ले अवार्ड प्रदान गरिनेछ । धनगढीमा सिनियर स्तरको प्रतियोगिता आयोजना नभएको धेरै वर्ष हुँदा र क्रिकेटको शहरमा क्रेज बढाउन सिनियर क्रीकेट प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष शाहीले बताए । शाहीले आगमी दिनमा देशकै उत्कृष्ट सिनियर प्रतियोगिताको रुपमा एलपीएललाई स्थापित गर्ने योजना रहेको बताएका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]