3 years ago
June 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लिटल फ्लावर प्रिमियर लिग (एलपीएल ) मा सिनियर क्रिकेट प्रतियोगिताको तयारी सुरु भएको छ । धनगढीमा हुने उक्त प्रतियोगितामा आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगिताको तयारी सुरु भएको जानकारी दिएको छ ।

तयारी स्वरुप प्रतियोगितामा सहभागी हुन चाहने टिमहरुको लागि दर्ता खुला गरिएको छ। प्रतियोगिता कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ।तिहार लगत्तै प्रतियोगिता आयोजना गर्ने गरि आयोजक तयारीमा जुटेको अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिएका छन् ।
प्रतियोगिताका सात संस्करण विद्यालय स्तरीय प्रतियोगिताको रुपमा सम्पन्न भएको थियो । तर यस पटक देखि एलपीएल सिनियर (खुला) प्रतियोगिताको रुपमा संचालन गर्न लागिएको शाहीले जानकारी दिए ।
देशभरबाट १६ क्रिकेट एकेडेमी, कलेज र आफ्नै क्रिकेट टिम भएका विद्यालयहरुले प्रतियोगिता खेल्न पाउनेछन् । प्रतियोगिता विजेता टोलीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेता टोलीले १ लाख २८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याटरले समान १० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता यदीयमान खेलाडीले नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार पाँच सय प्रदान गरिनेछ । प्रत्येक टिमले आफ्नो टिममा नेपालका राष्ट्रिय खेलाडी राख्न पाउनेछन् ।
प्रतियोगितामा सहभागी टिमहरुमध्येबाट सबैभन्दा अनुसाशीत टिमलाई फेयर प्ले अवार्ड प्रदान गरिनेछ । धनगढीमा सिनियर स्तरको प्रतियोगिता आयोजना नभएको धेरै वर्ष हुँदा र क्रिकेटको शहरमा क्रेज बढाउन सिनियर क्रीकेट प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष शाहीले बताए । शाहीले आगमी दिनमा देशकै उत्कृष्ट सिनियर प्रतियोगिताको रुपमा एलपीएललाई स्थापित गर्ने योजना रहेको बताएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]