default_image

2 years ago

June 8, 2023

मोन्टी दक्षिण अफ्रिका पुगे

304 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुदं) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई बिहीबार बेलुका दक्षिण अफ्रिका पुगेका छन् । भिसाको कारण भारतमा रोकिएका मोन्टी बिहीबार बिहाननै दक्षिण अफ्रिकातर्फ लागेका थिए ।

मोन्टी बिहीबार बेलुका ९ बजे दक्षिण अफ्रिका पुगेको विश्वकप छनोटको लागि टोलीमा रहेका क्रिकेट म्यानेजर श्री केसीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । उक्त खेल सकिएको केहि घण्टामा मोन्टी दक्षिण अफ्रिका पुग्दै टोलीसँग जोडिएका थिए । बुधबार साँझ मोन्टीको भिसा आएको थियो । बिहीबार बिहान ४ बजे नै मोन्टी भारतबाट दक्षिण अफ्रिकातर्फ प्रस्थान गरेका थिए ।

मोन्टी एसिसी प्रिमियर कपमा नेपाल च्याम्पियन बनेपछि बिदामा अमेरिका गएका थिए । उनले अमेरिकाबाट उनको भिसा रिजेक्ट भएको थियो । त्यसपछि उनी बुधबार भारत फर्किएका थिए ।

भारतबाट पुन भिसा प्रक्रिया गरेपनि केहि ढिलो गर्दा नेपाली टोलीसँगै जान पाएका थिएनन् । त्यसैले नेपाली टोली हालसम्म मुख्य प्रशिक्षक मोन्टी देशाई बिनानै प्रशिक्षण गर्नु परेको थियो । शुक्रबारदेखी मोन्टीले नेपाली टोलीको प्रशिक्षण सम्हाल्नेछन् ।

दक्षिण अफ्रिकामा नेपालले शनिबार नेदरल्यान्ड्ससँग अन्तिम वार्मअप खेल खेल्नेछ । त्यसपछि नेपाल आइतबार जिम्बावे जाने कार्यक्रम छ । जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ ।

प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह बी बाट आउने तीन टोलीले समूह ए का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.