2 years ago
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीले जनकपुरमा सम्पन्न महेन्द्र नारायण निधी टि२० क्रिकेट प्रतियोगिता फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५१ रनले हराउँदै ऐतिहासि उपाधि जितेको छ । कर्णालीले आफ्नो क्रिकेट इतिहासमा कुनैपनि राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक उपाधि जित्दै इतिहास रच्न सफल भएको हो ।
जितको लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.१ ओभरमा ८९ रनमा अल आउट भयो । सुदूरपश्चिमका गजेन्द्र बोहराले ३२ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । कप्तान नारायण जोशी २१ बलमा १ छक्कासहित १५, राजु रिजाल २, दीपक बोहरा १७, खडक बोहरा डक, बसन्त खत्री ३ र हेमन्त धामी ४ रनमा आउट भए ।
कर्णालीका स्पिनर युनिस सिंहले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए । दीनेश अधिकारी र अनुज चनाराले समान दुई विकेट लिए । दीवान पुन र प्रकाश जैसीले समान एक विकेट लिए ।
त्यसअघि जनकपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । कर्णालीका युवा ओपनर दीपेन्द्र रावतले ५० बलमा ६ चौकासहित ४९ रनमा आउट भए । कप्तान रविन्द्रजंग शाही २७ बलमा ४ चौकासहित २१ र हिमान्शु शाही २१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए ।
विपिन रावल १३ बलमा ३ चौका र १ छक्कासहित २४ र दीनेश अधिकारीले ११ रन बनाए । सुदूरपश्चिमका नरेन्द्र साउद र नारायण जोशीले समान दुई विकेट लिए । हेमन्त धामीको नाममा एक विकेट रह्यो ।
कर्णालीले २०१८ देखी नेपालमा राष्ट्रिय प्रतियोगिता खेल्दै आएकोछ । सिनियर टोली पहिलो पटक फाइनल पुग्दै उपाधि जितेको हो । यू१९ महिला टोली भने गतवर्ष फाइनलमा पुगेको थियो ।
July 18, 2025
एजेन्सी – न्युजिल्याण्डले जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा लगातार दोस्रो जित हात पारेको छ । जिम्बाब्वेको हरारेमा शुक्रवार न्युजिल्याण्डले घरेलु टोलीमाथि ८ विकेटको सहज जित हात पारेको हो । १ सय २१ रनको सहज लक्ष्य न्युजिल्याण्डले १३.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा ‘प्लेयर अफ द म्याच’ भएका डेभोन कन्वेले […]
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका २० क्रिकेटर सहितको टोली भारतमा क्रिकेट प्रशिक्षणका लागि जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार भारतीय दुताबासको सहकार्य तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) को सहयोगमा बैंगलुरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा प्रशिक्षणका लागि जाने बताएको छ । प्रशिक्षणका लागि २० नेपाली क्रिकेटर सहभागी हुनेछन् । […]
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तिरहुत टाइगर्सले लगातार दोश्रो पटक सप्तरी प्राइड लिग को उपाधि जितेको छ। टाइगर्सले बिहिवार भएको फाइनलमा राजविराज राजदेवी रोयल्स लाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य तिरहुतले १५.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। टाइगर्सका ओपनर भोला […]